पाँचथर । पत्रकार महासंघ पाँचथरले फाल्गुनन्द गाउँपालिकाको राँकेमा आयोजना गरेको पत्रकारहरुको लागी स्थानिय तहको बजेट, रिपोटिंङ सम्वन्धी कार्यशाला शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यशालमा पाँचथरका राष्ट्रिय तथा स्थानीय दैनिक पत्रिकामा कार्यरत २० पत्रकारको सहभागिता रहेको थियो ।
सहभागी पत्रकारलाइ कान्तिपुर दैनिकमा कार्यरत यज्ञ बन्जाडेले स्थानिय तहको बजेट र यसका प्रकार लाइै तथ्याङ्कलाई पत्रकारितामा प्रयोग गर्नेबारे सहजिकर गरेका थिए । फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ पाँचथरले सो कार्यशालाको आयोजना गरेको हो ।
स्थािनय तहकाे रिपोटिंङ गरि अर्थव्यवस्था, वित्त, गरिबी, विकासलगायत विषयमा सूचना संप्रेषण गर्दा तथ्याङ्कमा आधारित भएर गर्न पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।
अर्थव्यवस्था, वित्त, गरिबी, विकासलगायतको रिपोटिंङ गर्दा तथ्याङ्क र पत्रकारितालाई एकीकृत गरी प्रभावकारी र स्पष्ट सूचना नागरिकसम्म पुर्याउन कार्यशाला सहयोगी भएको उनको भनाइ थियो ।