पाँचथर । फालेलुङ -३ मा पहिरोमा परि जिवित उद्धार गरिएको ९ वर्षीया बालिकाको मृत्यू भएको पाँचथर प्रहरीले जनाएको छ । स्थानीयले फालेलुङ-३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आइतबार बिहान ७ वजे जीवितै उद्धार गरीएको थियो ।
जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएको थिइन । बिहान जिबित उद्धार गरिएको जुना सावदेनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यू भएको पाँचथर प्रहरी प्रमुख हरि खतिवडाले केन्जो खबरलाई जानकारी दिए ।
मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् ।