पाँचथर । ‘मध्यराती फोन करायो । पूणर् बाजे (पूर्ण आङदेम्बे)को रहेछ । माथि फालेलुङतीरबाट बाढि आउँदै छ रे, त्यहाँ के छ है भन्नु भयो । हतार हतार उठेर हेरेको त घरछेउमै बाढि आईसकेछ’ हेवा र तमोर नदि मिसिएको माझिटारमा भेटिएका चन्द्र आङदेम्बेले बाढिको आउँदाको अत्यास सुनाउँदै भने ‘फोन नआएको भएत म घरसँगै बग्ने रहेछु ।’ मध्यरातको कहानी सुनाउँदै आङदेम्बेले भने ‘झोलुङ्गे पुलसम्म बाढि आईसकेको थियो । पारी (खोला किनारमा माझि बस्ती छ) गएर मान्छेहरुलाई उठाएर भगाईयो । माथि डाँडमा गएर हेर्दा केहि रहेन जस्तो लागेको थियो ।’
उनको छेउमै रहेका अर्का माझि युवकले थपे ‘डाडाँबाट हेर्दा हेर्दै टापु बगायो ।’ तमोर नदि र हेवा नदि जोडिने ठाँउमा दुबै नदिले छोएको टापु थियो । त्यो टापुमा बोटल हाउस नामक होटल सञ्चालनमा थियो । त्यहि होटलका सञ्चालक श्रीमान, श्रीमतीनै खोलाले बगायो । अहिले त्यो टापुमा कहा थियो ? भनेर हेर्ने बेला भएको छ । होवा खोला र तमोर जोडिए नजिककै टापुमा होटलमा रमाउने, बनभोज खान जाने, फोटो खिच्न जाने ठाँउ थियो । तर रातीको बाढिले टापु सहित २८ बर्षिय आशिष माझि र उनकी श्रीमती एलिसा माझिलाई खोलाले बगायो । स्थानीयका अनुसार उनीहरु रुखमा चढेर जोगिने प्रयास गरेपनि बाैलाएर आएको बाढिले रुखसँग बगाएको थियो ।
विभिन्न ठाँउमा क्षती पुर्याउँदै आएको हेवा खोलाले माझिटारलाई पनि छाडेन् । यहाँ स्काईब्रेटर लगायतका मेसिन समेत बगाएको थियो । हेवा खोला तर्फ रहेका खेत बगरमा परिणत भएका छन् । यहाँ लगाईको धान, मकैमा ठुलो क्षती पुगेको छ । खोलासँग जोडिएका बस्ती र घर जोखिममा छन् । सडक छेउसम्मनै बाढि आएकाले सडकनै जोखिममा छ । यहिनेर रहेको तमोर कोरिडरको बेली ब्रिज पनि बगाएको छ ।
यहाँ तमोरको थामि नसक्नु भएर बगिरहेको छ । मध्यपहाडी लोकमार्गको पुलनजिक सम्म पानी बगिरहेको छ । पाँचथर र तेह्थुम जोड्ने यो पुलमा पनि बाढिले खतराको संकेत गरीरहेको छ ।
ताप्लेजुङ, पाँचथरका विभिन्न ठाँउमा क्षती पुर्याउदै आएको कावेली र तमोरको बाहवमा हेवा खोला माझिटारमा मिसिएको तमोर थामि नसक्नु भएको छ ।