पहिरोले याङवरकमा ३ घरका १० जना जोखिममा

 
पाँचथर । पाँचथर जिल्लाका अधिकांश बस्ती पहिराको उच्च जोखिममा रहेका छन् । सदरमुकामलगायत अन्य बस्ती अविरल वर्षाका कारण पहिरोको जोखिममा रहेको पाइएको छ । याङवरक- १ फेदी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । अविरल वर्षाका कारण पहिरो आउन थालेपछि जोखिममा रहेको स्थानीयवासी मानबाहादुर गुरुङले बताए । सो गाउँमा बस्ने ३ घरका १० जना  पहिरोले गर्दा विस्थापित हुनुपर्ने अवस्था रहेको जनाइएको छ ।
अविरल वर्षाका कारण फेदी गाउँ बस्तीनजिकै तलबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो  । केन्जोखबरको सम्पर्कमा आएका गुरुङका आनुसार पहिराको जोखिममा रहेको परिवार पानी परेको दिन एकै घरमा भेला भएर रातभर जाग्राम बस्ने गरेकोे जानकारी दिए ।
फेदी गाउँनै नै जोखिममा भए पनि सो गाउँको माथि पहिरो बग्न थालेपछि र चारै तिर पहिरोको कारण गाउँ पहिरोले थुनिएर झनै जोखिम बढेको गुरुङको भनाइ छ ।
‘मोरुङगा खोला थुनिदा कति खेर पहिरोले गाउँनै लाने हो चिन्तामा छु ।’ गुरुङले भने भाग्ने ठाउँ छैन् चारै तिर पहिरो छ, ८० वर्षका बृद्धाहरु छन् भग्वान लाई पुकारदै बसेका छौ गुरुङले भने । पहिरोले बाटो पूर्ण रूपमा बन्द भएपछि आवतजावत नै ठप्प भएको हो । पहिराले  गोरेटो बाटो  बगाउदा  फेदी गाउँ गाउँको सम्बन्ध नै विच्छेद गुरुङले बताए