पाँचथर । असार २ र ३ गते परेको अबिरल वर्षाको कारण पाँचथर ३ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपता छन् । बाढी पहिरोकै कारण पाँचथरमा ३ सय ३४ जना विस्थापित भएका छन् । बाढीकै कारण मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालीका र हिलिहाङ गाँउपालीकाको सिमानामा पर्ने हेवा खोलको पुल बाढिले बगाउदा ताप्लेजुङ र पाँचथरका तीन स्थानीय तहको सडक आवागमन अवरुद्ध बनाएको छ । पुल बगाएपछि पारीका पारीनै वारीका वारीनै बनाईदिएको छ । खोलावारी, खोलापरि मान्छेहरु आएर विपत्ति हेरीरहेका छन् । मान्छेहरु खोलावारीपारी हात उठाएर संकेत, अभिवादन गरेको देखिन्छ तर पुल नभएर भेट्न पाएका छैनन् ।
हेवा खोलाको पुल बगाए पछि सदरमुकाम फिदिमसँग पाँचथरका ३ स्थानिय तह र छिमेकि जिल्ला ताप्लेजुङको सडकको सम्बन्धबिच्छेद भएको छ । यातायात सञ्चालन गर्नको लागी हेवाखोलामा अस्थाइ बेलीब्रिज निर्माणको काम सूरु भएको छ । असार ३ गते बाढीले बगाएको पुल ४ असार देखिनै निर्माणको काम थालिएको हो । सो ब्रिजको निर्माण कार्य सूरु भए संगै जिल्लामा राजनतिक दलका समर्थकहरुले सामाजिक सञ्जालमा आफ्नो दलको नेताको पहलमा ब्रिज निर्माण सूरु भएको दाबि गर्दै कामको जसलिने होडनै चल्न थालेको छ ।
सडक डिभिजन इलाम मार्फत इटहरीबाट बेलीब्रिज ल्याइ निर्माण सूरु भएको हो । जिल्लामा खास गरि सक्तागठबन्धका कार्यकत्ता र नेकपा एमालेका समर्थकहरु बिच कामको जसलिने प्रतिस्पर्धानै चलेको छ । बिपतीमा पनि कामको जसलीन झाँगिएको प्रतिस्पर्धाले हाम्रो सोच र कार्यशैली भने उदांगो पारिदिएको छ । पाँचथरका नागरिकहरु भने राजनितिक दलहरुको बिपतमा पनि जस लिने रहरलाई वास्तविक काम गर्न नसक्दाको दुःख ठान्छन् ।
बिपतको बेलाको कामले नागरीकहरुको सेन्टीमेन्ट आफ्नो पक्षमा पार्न राननितिक दलहरु कामको जस लिन मरिमेटेर लाग्ने गर्छन् । कामले भन्दा यस्ता छोटो जस पाउने कुराप्रति बढी लालायित हुने गर्छन् । आफ्ना नेताको पहलमा यो आयो ,त्यो आयो भने सामाजिक सञ्जालमा लेख्दै कार्यकर्ताले चाकडी गरिरहेका छन् । राजनतितिक दलका नेताले पनि मेरा चाकडीबाज छन् भनेर मख्ख पर्ने कारण बिपतमा समेत जस लिने प्रतिस्पर्धा चलेको हो ।