पाँचथर । असार २ गते आएको बाढी मेचि राजर्माग अन्तरर्गत हेवा खोलाको पक्की पुल बगाएर सडक अबरुद्ध हुँदा किसानको १ करोड माथिको गोलभेँडा कुहिएको छ । हिलिहाङ,याङवरका कृषकको गोलभेँडा सडक अबरुद्ध भए सँगै बोटमै कुहिन थालेको हो । आफुले पसिना बगाएर उत्पादन गरेको गोलभेँडा विक्री हुन छोडेपछि पाँचथरका गोलभेँडा कृषकहरुले गाउँपालिको कार्यालय छेउमा गोलभेँडा फालेर साङकेतीक आन्दोलन सुरु गरेका छन् । बिहिबार गोलभेँडा फ्यालेर किसानहरुले बिरोध सुरु गरेका हुन । किसानहरुले लगाएको गोलभेँडा ब्यापारिले किनेर बजार लान नसक्दा अहिले पाँचथरका हिलीहाङ ,याङवरका किसानहरुले उतपादन गरेको गोलभेँडा बोटमै कुहिन थालेको छ ।
असार २ गते आएको बाढीले मेचि राजर्माग अन्तरर्गत हेवा खोलाको पक्की पुल बगाएर सडक अबरुद्ध भए पछि पाँचथरमा गोलभेडा बजार जान नसकेको हो । नेपाल सरकारले टमाटरमा पकेट क्षेत्रको रुपमा विस्तार गरिरहेको हिलिहाङ गाँउपालिका र याङवरक गाँउपालिकाका किसानहरुले यहाँ उत्पादित टमाटरको निर्यातको लागि बेलीब्रिजकोे निर्माणको काम छिट्टो सक्न सरकार संग माग समेत राखेका छन् ।
यहाँबाट दैनिक २० पिकअप गोलभेँडा झापा निर्यात हुने गरेको किसानहरु बताउछन् । एक पिकअपमा ४० हजार केजि गोलभेँडा हुने गरेको किसान बताउछ । एक किलो गोलभेडा उत्पादनमा करीब १२ रुपैँया खर्च हुने अगुवा कृषक बिरेन्द्र काफ्ले बताए ।
सडक पुननिर्माणको काम ढिला हुँदा पाँचथरमा करीब १ करोडको गोलभेडा कुहिएको कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले जानकारी दिए ।
पाँचथरको हिलीहाङ गाँउपालीकाका वडा नम्बर १,२,३,४ र याङवरका ६,५ वडामा व्यवसायीक गोलभेडा खेती गर्ने गरीएको छ । यि वडाका किसानहरुले धान ,मकै ,कोदो लगायतका बालीहरु हटाएर प्रमुख बालीको रुपमा गोलभेडा लगाउने गरेका थिए । अघिल्लो वर्षको तथ्यांक अनुसार याङवरक र हिलिहाङबाट मात्रै यो सिजनमा ३ करोड रुपैयाँको गोलभेडा निर्यात भएको थियो । जिल्लाका एक हजार ५ सय किसानले व्यवसायीक गोलभेंडा खेती गर्ने गरेको तथ्याङक रहेको छ ।