फिदिम । पाँचथरमा बुधबार ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पाँचथरका विभिन्न स्थानहरुमा गरिएकाे परिक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको हाे ।
जिल्लामा सङ्क्रमितको कूल संख्या १३३७ पुगेको छ । जसमध्ये ५९२ जना सङ्क्रमणमुक्त भएका छन् ।
हाल जिल्लामा एचडियूमा १६ जना र होम आइसोलेसनमा ७२५ जना उपचाररत छन् भने जिल्लाबाट हालसम्म १७ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रसाशन कार्यालयकाे प्रतिबेदनमा उल्लेख छ ।
हेर्नुस पाँचथरका स्थानिय तहमा रहेका सकृय संक्रमित सख्या
फिदिम नगरपालिका ः ८०० जना
फालेलुङ गाउँपालिका ः ११ जना
फाल्गुनन्द गाउँपालिका ः ३१ जना
हिलिहाङ गाउँपालिका ः १९९ जना
कुम्मायक गाउँपलिका ः ७८ जना
मिक्लाजुङ गाउँपालिका ः ७२ जना
तुम्बेबा गाउँपालिका ः ७५जना
याङबरक गाउँपालिका ः ७१ जना
जम्मा ः १३३७ जना