पाँचथर– प्राकृतिक रुपमा निक्कै सुन्दर तथा पूर्वको चर्चित पर्यटकिय गन्तव्य तिम्बुङ पोखरी जाने सिजन सुरु भएको छ । कतिपय पुगेर फर्किसकेका छन् भने कतिपय जाने तयारीमा छन् ।
तिम्बुङ पदयात्रा सस्तो र उपयुक्त मानिन्छ । एकहप्तामा करिव १० हजार (मद्यपान नगरे)मा घुमेर प्राकृतिक आननन्द लिन सकिन्छ ।
पुगेर आउनेका अनेकन बयान सुन्न पाईन्छ । केहि दिन अघिदेखि लागेको झरि रोकिएर विहानीको समयमा तिम्बुङ पोखरीमा घामको टहक पर्दा हेरीरहुँ देखियो । पोखरीमा पहाडको छाया छर्लङ देखिन्थ्यो भने यहाँ चढाइएका सिक्काहरु टलक्क टल्किए ।
पोखरी छेउमा पुँजा गर्नेले बालेको धुपको सुगन्ध लिदैँ पोखरीको पुरै चेहोरा देख्न सकिन्थ्यो । मान्छेहरुको चहलपहल थियो । डाँडाहरु कुमारी लाग्थे । जताहेर्यो उतै सुन्दर देखिन्थ्यो । कुहिरो निक्कै तलको पहाडमा थियो भयो टाउकोमाथि आकाश थियो । आकाशको निलो रङ्ग प्रकृतिमा प्रतिविम्बित भएको थियो ।
यो दृष्य साउनको अन्तिमको हो । तिम्बुपोखरी जाने सिजन सुरु भएसँगै यहाँ जानेहरु देखिन थालेको छ । ४ हजार ३ सय ५० मीटर उचाईमा रहेको यो पोखरी पूर्वको चर्चित पर्यटकिय गन्तव्य हो । तिम्बुङ पोखरीलाई धार्मिक विश्वास समेत गरिन्छ ।
चटनले घेरीएको यो पोखरी निक्कै सुन्दर छ । फराकिलो पोखरी आसपासको दृष्य उत्तिकै सुन्दर मानिन्छ । पोखरीको भित्तामा केन्जो फूलेको देखिन्थ्यो । पत्रपत्र भएको अग्लो केन्जो फूल निक्कै आर्कषक मानिन्छ ।
यहाँको दृष्यमा नरमाउने कुरै नभएको स्थानिय व्यवसायि खडक भण्डारी बताउँछन् । पछिल्ला बर्षमा यहाँ आउनेको संख्या बढ्दै गएको उनले सुनाए ।
लकाली भुगोल सुन्दर छ । विकासका नामका स्काईब्रेटर कुदेका छैनन् । चौरी, भेडिगोठ भेटिन्छ । पछिल्लो समय बाटो, होमस्टे बनाउने क्रम बढ्दै गएको छ । पर्यटकलाई सुविधा दिने प्रयास भईरहेको पयर्टन व्यवसायि अमिर राई बताउँछन् ।
दिन ढल्दै जाँदा कुहिरोले पोखरी छोप्छ । डाँडा, पोखरी र कुहिरोका लुकामारी गजब देखिन्छ । ताप्लेजुङको सिदिङ्वा गाँउपालीका र पाँचथरका याङवरक गाँउपालीकामा पर्ने यो पोखरी प्राकृतिक रुपमा अत्यान्त सुन्दर छ । यहाँ वरीपरि अनेकन सुन्दर दृष्य देखिन्छ । पहाडका स्वरुप निक्कै सुन्दर लाग्छन् । सातौँ पल्ट तिम्बु पोखरी पुगेका फोटोपत्रकार भवानी तावाले सुविधा थपिदैँ गएको सुनाए ।
यहाँको मौसमको भर हुदैँन । नेपालकै सहज, सस्तो र उत्तम ट्रेककको रुपमा तिम्बुङपोखरी क्षेत्रको विकास हुँदै गएको देखिन्छ । विगतका बर्षहरुमा गोठहरुमा बस्दैँ जानु पर्ने यो ठाँउमा होमस्टे बनेका छन् । बाटो बनाइएको छ भने पोखरीसम्मनै टेलिफोन टिप्न थालेको छ । सिङ्गापुरबाट हालै आएका फालेलुङ–७ का जुगल केरुङले उताबाट हिड्दै तिम्बु जाने योजना भएको सुनाए । ‘कम्प्युटरको विइण्डो जस्तै दृष्य देखियो । यो ठाँउ त जति हेर्यो उती सुन्दर लाग्ने’ उनले भने ।
तिम्बु पोखरी आसपासमा अरु पोखरी छन् । दृष्यको त बयान गरी साध्य छैन् । कुमारी पहाड हेरीरहँु लाग्छ ।विहानी तथा साझमा कुहिरोले बनाउने आकृति विचित्र लाग्छ । एक्लै नभई अनेकन सुन्दरतालाईसाथमा राखेर तिम्बुङपोखरी रमाएको देखिन्छ ।
तिम्बुङपोखरी पदयात्राकालागि साउनदेखि मंसिर पहिलो हप्तासम्मको समय उपयुक्त हुने स्थानिय भिम भण्डारी बताउँछन् । तर अन्य महिनमा पनि यहाँ पुग्नेहरु भेटिन्छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रका रमाईला ठाँउहरु घुम्दै तिम्बुङपोखरी पुगिने भएकाले यो आर्कषक गन्तव्य मानिन्छ । तिम्बुपोखरी जानै पर्छ भन्ने धारण पूर्वी क्षेत्रमा बढ्दै गएको पाईन्छ ।
विभिन्न किसिमका फूलहरु फूल्ने प्राकृतिक फूलबारीको रुपमा यो क्षेत्र रहेको छ । यतिवेला केन्जो, माईकोपिल, बुक्कीफूल, जट्टामासि लगायतका फूलले यो क्षेत्र ढाकिएको छ । लेकमा चौरीका क्रियाकलाप हेर्दै प्राकृतिक दृष्यमा रमाउने गरेका छन् । तिम्बुङपाखेरीको दर्शन विहानी पखको उत्कृष्ट मानिन्छ । लेकाली मौसम खुल्ने, विग्रिने भएकाले विहानीको मौसम उपयुक्त मानिन्छ । लेकाली क्षेत्रमा पाईने फूल र बन्यजन्तूहरु देख्न पाईन्छ ।
गाडी छोडेर दुईदिन हिडेपछि तिम्बुपोखरीको दर्शन पाईन्छ । पाँचथरको वेतेनीभन्ने ठाँउसम्म गाडी पुग्छ । ताप्लेजुङ कालीखोला, पाँचथरको मेजर, बर्मेहुदैँ पोखरीमा पुग्न सकिन्छ । यहाँ पुुगेकाहरु दृष्यको खुसिले औधि रमाएका देख्न पाईन्छ । प्रकृतिलाई हेर्दै रमाउन सकिने यो ठाँउमा भरियाको सुविधा समेत रहेको वेतेनीका डिल्लि ओलीले जानकारी दिए । उनी विगतको एकसिजनमा १७ पल्ट तिम्बुपोखरी पुगेका थिए ।
तिम्बु पोखरी पुग्दा हिडाईको थकाननै विर्सिएको पहिलो पल्ट पुगेका फिदिमका व्यवसायी सन्दिप केरुङले बताए ।
तिम्बुङपोखरीको प्रख्याती बढ्दै छ ।देशका विभिन्न ठाँउबाट घुम्न आउने बढ्दै छन् । पोखरी आसापसका दृष्यहरु लोभलाग्दा छन् । अग्ला हरियालीमस्त पहाड, विभिन्न जातीका लेकाली फूलहरुले भरीएको फराकिलो भुगोल निक्कै आर्कषक लाग्छ । प्राकृतिक फलबारी , फलका कतीको हो कती प्रजाती । फुत्त निस्कने कुहिरो र क्षणभर उग्रिने लेकाली मौसम भेटिन्छ । जैविक बिविधिता विशाल भण्डार भेटिन्छ । केन्जो, माईकोपिला, विख्मा लगायतका विभिन्न प्रकृतिका जरिवुटि पाईन्छ ।
चौरीहरु चरेको देखिन्छन् । भेडीगोठहरु छन् । सफा चिटिक्कको, जता हेर्यो उतै सुन्दर देखिने ठाँउ रहेको छ । तिम्बू आफूमात्र सौन्दयर्ता साटेर एक्लो फक्रिएको छैन जता हेर्यो उतै रमाउन सकिन्छ । फराकिला चौर, आर्कषक डाँडाहरु, हिमाली दृष्य, लेकाली भुवनोट, गोठहरु, जैविक विविधता यहाँको विशेषता हो । तिम्बुङपोखरी जाने विभिन्न बाटोहरु छन् । पाँचथर सदरमुकाम देखि मध्यपहाडी लोकमार्ग हुदै वेतनीसम्म जिपमा पुगिन्छ । खानबस्नकालागि चौरी गोठ र होमस्टेहरु रहेका छन् । चौरीको दुधबाट बनेका घ्यू, छुर्पि कोशेली लैजान सकिन्छ ।
यो क्षेत्रमा पदयात्रा गर्न सहज हुन्छ । छोटो तर प्राकृतिक पदयात्रा गर्न रुचाउनेलाई यो ठाँउ जानु उपयुक्त हुन्छ । सडक जस्ता प्रकृति विगार्ने विकासका मान नगरी यो क्षेत्रलाई जैविक पर्यटकिय क्षेत्रको विकासमा सरकारले विशेष ध्यान पु¥याउन आवश्क छ ।
सबै तस्विर गिरिराज बाँस्काेटाले खिचेका हुन्