पाँचथर । याङवरक गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनको दादागीरि उत्कर्षमा पुगेको छ । अधिकृत सुमन लिङ्देनले कर्मचारीमाथि हातपात समेत गर्न थालेका छन् । लिङ्देनले कार्यालय सहयोगी छत्रप्रसाद सुवेदीमाथि कुटपिट गरेका छन् ।
सोहि पालिकामा कार्यरत कार्यालय सहयोगी छत्रप्रसाद सुवेदीमाथि लिङदेनले निर्घात कुटपिट गर्दा सुबेदिको आँखामा गम्भीर चोट लागेको छ । कुटपिटबाट सुवेदीको दायाँतर्फको आँखामा चोट लागेको छ । सुबेदीले जिल्ला अस्पताल पाँचथरमा उपचा गराएका छन् । घटना आइतबार बिहानको हो ।
पीडित सुवेदीले पत्रकारहरु सँग कुरा गर्दै तैले मलाई किन म्यासेन गरिस भन्दै कुटपिट गरेको बताए । तर, आफुले हाकिमलाई कुनै म्यासेज नगरेको सुबेदीको दाबि छ । लिङदेनले सुबेदीलाई बोलाएर हातपात गरेको सुबेदीको दाबि छ ।
घटनाको बिषयमा केन्जो खबरले बुझ्न पटक पटक फोन सम्पर्क गर्दा पनि लिङदेन सम्पर्कमा आएका छैन्न । कुटपिटको घटनालाई सामसुम बनाउन कर्मचारी र जनप्रतिनिधि लागि परेको सो घटनालाई नजिकबाट हेर्नेहरुले बताएका छन् । घटनाको बिषयमा पालिका अध्यक्ष सुबास योङ्या र उपाध्यक्ष बाबा मेनेङ्बो बोल्न चाहेका छैनन् ।
हाकिमको नियत सफा नहुँदा र आफ्नो अनौतिक कर्तुत लुकाउन कर्मचारी कुटेको हुन सक्ने जानकारहरु बताउछन् ।