पाँचथर । मंलबार बाट मेचि पहाडी जिल्ला ताप्लेजुङ,पाँचथर र इलाममा यातायात बन्द जारी रहँदा जनजीवन प्रभावित हुन थालेको छ । मेचि रार्जमाग, तमोर करिडोर लगायतका सडकहरुमा यातायात ठप्प हुँदा यात्रुहरुलाई सकश परेको हो ।
कोशी नामविरुद्व आन्दोलन गरिरहेको प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण मंगलबार मेचि पहाडका ३ जिल्लाहरुमा यातायात सञ्चाल हुन सकेको छैन् ।
ताप्लेजुङमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनुका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका २ जना पहिचानवादी कार्यकर्ता रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको हो ।
प्रहरीले पहिचान पक्षधर पाथिभरा-३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ गरेको दाबी संघर्ष समितिको छ । प्रहरीले भने शान्ति सुरक्षा बिथोलेका कारण उनीहरूलाई पक्राउ गरेको जनाएको छ । बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ-फिदिम र फिदिम-इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । पहिचान पक्षधरहरूले ठाउँ-ठाउँमा उभिएर छिटफुट चलेका साधन पनि रोकिरहेका छन् ।
माग सम्बोधन नभए बन्द हड्तालका र बिरोधका कार्यक्रमलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।