गिरिराज बाँस्कोटा । (पाँचथर) पछिल्ला समयमा दुग्धजन्य उत्पादनको विक्रि सुस्ताएपछि कृषक तथा व्यवसायि चिन्तामा परेका छन् । छ महिना अघिदेखि विक्रि घटेको घ्यूँको विक्रि सुधार भएको छैन् भने छुर्पि तथा चिजपनि विक्रि हुन छाडेको छ ।
समस्या निक्कै चर्को भएपनि तीनै तहको सरकारले ध्यान दिएको छैन् । उत्पादन विक्रि नभएपछि ग्रामिण क्षेत्रमा रहेका साना डेरीहरु बन्दहुन् थालका छन् भने ठुला डेरी उद्योग, संकलक व्यवसायिपनि समस्यामा परेका छन् । साना किसानहरुको दुधको दामपनि भुक्तानि हुन सकिरहेको छैन् ।
पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ क्षेत्रका किसान तथा व्यवसायिहरु समस्या छन् । घ्यू र चिज स्वदेशमा र छुर्पि स्वदेश तथा विदेशमा विक्रि हुने उत्पादन हुन् ।
घ्यू, छुर्पि व्यापारीले लिन नमानेपछि डेरी बन्द गरिएको पाँचथरको सुकेपोखरीका व्यवसायी मनोज राईले बताए ।
‘दुग्ध व्यवसाय गम्भिर संकटमा परेको छ । गाँउ गाँउमा रहेको डेरी उद्योग बन्दहुने अवस्थामा पुगेका छन् । हामीसँग धेरै स्टक छ । चिजनै दशहजार केजी भन्दाबढि स्टकमा छ । घ्यूँ, छुर्पिको कुरै नगरौँ’ फिदिमका व्यवसायी खगेन्द्र मिश्रले भने ‘भारतीय उत्पादन सहरमा सस्तोमा विक्रि भईरहेको छ । यहाँ किसानले उत्पादन गरेको थन्किएर बसको छ ।’
६ महिना अगाडीदेखि घ्यू विक्रि हुन छाडेको छ भने पछिल्लो समय छुर्पिको विक्रिपनि हुन सकेको छैन् । पछिल्लो तीन महिना यता चिजको विक्रिपनि हुन नसकेको व्यवसायी बताउँछन् । उत्पादन विक्रि हुन नसकेपछि इलाम, पाँचथरका विभिन्न गाँउमा रहेका साना डेरी बन्द भईरहेको व्यवसायीले बताए ।
लम्की स्किन पछि घ्यू, चिजको रोकिएको विक्रि अहिलेसम्म राम्रोसँग हुन सकेको छैन् । ‘विश्व स्वास्थ्य संगठनले लम्की भएपनि दुधले स्वास्थ्यलाई असर नगर्ने बताएपनि किन्नेलाई कसैले बुझाईदिएन । अहिले ठुला सख्यामा किसान व्यवसायी मारमा परेका छौँ तर राज्यले चासो समेत दिएको छैन्’ इलामको सुर्योदयका व्यवसायी भरत तिम्सिनाले भने ‘छुर्पि विदेश लैजाने व्यवसायिको एकाधिकार छ । आफैले स्टक गरेर सस्तोमा किन्नका लागि अनेक गरिरहेका छन् ।’
प्रक्रोपको बेला बुुझाउन नसक्दा विक्रि रोकिएको थियो । अहिलेसम्म विक्रि नहुँदा संकलक व्यवसायिको गोदमा घ्यू, छुर्पि, चिज थन्किएर बसेको छ । छुर्पीको आन्तरीक खपत थोरै छ । उत्पादन विक्रि नहुँदा धेरै किसानले भुक्तानी पाएका छैनन् ।
भारतीय घ्यू नेपाली बजारमा छ्यापछ्याप्ती भएकाले नेपाली विक्रि हुन छाडेको व्यवासायीको भनाई छ । भारतबाट बनस्पती घ्यूँ सस्तो मूल्यमा आउने गरेको उनीहरुको भनाई छ ।
‘स्वदेशमै व्यवसाय गर्ने भनेर गाई थपियो । उत्पादन बढ्न थालेपछि बजार सुस्तायो’ पाँचथरको फिदिम–७ का उपेन्द्र बाँस्कोटाले भने ‘घरमै ५० लिटर दुध उत्पादन हुन्छ । अहिले घ्यू, छुर्पिनै संकलकले समेत लान मानिरहेका छैनन् । लागनी त डुब्नेनै भयो, अब के गर्ने भन्ने चिन्ताले सताएको छ ।’
दुधजन्य उत्पादनको विक्रि सुस्ताएपछि किसानहरु अब के गर्ने भन्ने चिन्तामा छन् । पछिल्ला बर्ष दुध उत्पादनमा वृद्धि हुदैँ गएको बताईन्छ । दुग्ध व्यवसायमा आधारीत किसानहरु समस्यामा पर्न थालेका छन् । संकलनहरुमा दुधजन्य उत्पादन थन्किएर बसेको छ । ‘२० टनजति समाग्रि स्टकमा छ । गाँउका डेरीहरुबाटपनि संकलन गरेका छौँ । चाडबाडमा पनि धेरै घ्यूँ बिकेन’ पाँचथरको सिदिन डेरी उद्योगकका सञ्चालक गोपाल रिजालले भने ‘गाँउमा डेरी बन्दगर्न थालेको साथिहरु सुनाउछन् । अब विक्रि हुन्छ हुदैन भन्ने यकिन गर्न सकिएको छैन् ।’
कोरोनाको समयमा समेत यत्रो ठुलो संटक नभएको रिजालले बताए ।
उनले भनेझैँ गाँउमा रहेको कृषक तथा व्यवसायी समस्यामा पर्न थालको छन् । गाई, भैसी बढाएर उत्पादन बढाउदै लगेका किसानहरु अब के गर्ने भन्ने चिन्तामा छन् । गाँउका साना डेरी उद्योगहरु अब दुध लिन नसक्ने बताउन थालेका छन् । गाँउ गाँउमा उत्पादन थ्रुपिएको देखिन्छ । ‘घरमै थुप्रिएको छ । दुधको पैसा भुक्तानी गर्न नसक्ने अवस्था आएको छ’ फिदिम–७ का इन्द्र नेम्बाङले भने ‘अब यो व्यवसायमा पनि समस्या देखा पर्यो ।’
दुग्ध विकास संस्थानले आफूले लिदै गरेको दुध लिईरहेको बताएको छ । सस्थानका सूचना अधिकारी निमित्त उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले भने, ‘हाम्रो नेटवर्कबाट सबैक्षेत्रको दुध लिएका छौँ । जति लिएका छौँ त्यो सबै बजार गएको छैन् ।’
देशभरमा दुग्धजन्य उत्पादन विक्रिमा समस्या रहेको पाईएको उनले बताए । यसका बिचेमा धेरै छलफलहरु भएको उनले बताए ।
‘जसरी नीजि क्षेत्रको विकेको छैन्, हाम्रो पनि बिकेको छैन् तर हामीले कन्भर्सन गरेर दुधको पाउडर, मखन बनाउदै छौँ’ उनले ‘डिडिसिले १ लाख ७५ हजार दुध लिएका छौँ । नबिकेको स्टकमा रहेको छ । चैतसम्मनै कन्भर्सन गर्छौ, त्यसपछि बजार बढ्छ भन्ने अनुमान छ ।’
‘साना किसानहरुबाट संकलित दुधबाट बनेको दुग्धजन्य उत्पादन विक्रि नहुँदा किसानलाई ठुलो असर परेको छ’ इलामको सुर्योदय नगरपालीका–११ का किसान गोपाल भटराईले भने ‘अहिलेसम्म गाँउका डेरीवाला भाईले किन्दै थिए । अब गारो भो भन्न थालेका छन् । अरुतिरपनि समस्या भयो भन्छन्, खै के हो के ?’ स्टक नकिब्ने हो भने भने व्यवसायीपनि डुब्ने अवस्थामा रहेको बताईन्छ । दुधजन्य उत्पादन विक्रि नहुँदा पशुपालनमा आर्कषण घट्दै जाने सरोकारवालाको भनाई छ ।