पाँचथर । उलेख्य समर्थकले भरिएको फिदिम माविको खेलमैदानको मञ्चमा गायक राजेशपायल राई उक्लिदा समर्थनको स्वरले फिदिम गुञ्जयमान बन्यो ।
गीत गाँउदै मञ्चमा उक्लिएको राजेशपायले माहोल जुरुक्कै उचालेका थिए । ‘फिदिमको लिम्बुवान गेट भत्किएछ । पहिले भन्दा राम्रो, भव्य गेट तत्काल बनाउन यहि मञ्चबाट अनुरोध गर्दछु’ मञ्चबाट उनले अनुरोध गरे ।
‘लिम्बुवान गेटले स्वागत गथ्र्यो । अब यहि मञ्चबाट सबै पक्षलाई अनुरोध गर्छु सोहि ठाँउमा पहिचान झल्किने गरि गेट बनाउन तत्काल पहल थाल्नुस्’ उनले थपे । युवा, वृद्ध सबैखाले दर्शकमाझ उनले उनले यो अनुरोध गरे ।
उनको यो भनाईमा धेरैले दर्शक दिर्घाबाट समर्थन जनाएको देखिन्थ्यो । मेची राजमार्गमा पर्ने लिम्बुवान गेट सडक विस्तारका क्रममा भत्काइएको थियो । पुनः निर्माण गर्ने सहमति गरेर भत्काइएको थियो ।
कुरा गर्दै राईले भने ‘सबैको पहिचान, सबैले स्वीकार्नु पर्छ । हरेक ठाँउको आफ्नो इतिहास हुन्छ, पहिचान हुन्छ । जोगाएर राख्नु पर्छ ।’
पूर्वी पहाडी जिल्लामा राजेशपालयका हजारौँ फ्यान रहेका छन् । उनको प्रस्तुती हर्न गाँउ गाँउ र छिमेकी जिल्लाहरुबाट उलेख्य संख्यामा दर्शक आईपुगेका थिए । फिदिम माविको खेलमैदान दर्शकले भरिभराउ थियो ।
रातीको १० बजे मञ्च उक्लिएका राजयपायलले २ घण्टा प्रस्तुती दिए । उनका चर्चित गीतले फिदिम गुञ्जमायन बनेको थियो भने दर्शकहरु धुलो उडाउदै नाचेका थिए । वान्समोर, वान्समोरको आवाज पटक पटक सुनिएको थियो ।
भ्वाइस अफ नेपालका निर्णायक समेत रहेका राजपायलको पूर्वी पहाडमा निक्कै क्रेज रहेको छ । पहाडले घेरीएको उपत्यका जस्तो फिदिममा राती १२ बजेसम्म प्रस्तुती दिए । उलेख्य दर्शक भएको कार्यक्रममा लामो प्रस्तुती दिएका थिए ।
मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ’ बोलको गीतबाट राजेशले महोल तपाउन सुरु गरे ।
उनले करिब दुई घण्टा गीत गाँउदा रातको १२ बजिसेको थियो । चीसोको प्रवाह नगरी राजेशलाई उनका फ्यानहरुले साथ दिईरहे । राजेशले दुई दर्जन गीत गाएर फिदिमलाई गुञ्जयमान पारे ।
बसमा छैन यो मन , सै हाङ्मा, तिमिसँग जिउने मर्ने चाहना छ मेरो, मलाई जुनीजुनी तिम्रै हुन मन छ,म त मर्छु क्या हो ठूली, मलाई पनि अंग्रेजीमा बोल्न सिकाई देउ न, माया गर्छु लुङ्वा हजुरलाई, उकाली जाँदा दाहिने प¥यो बर, किन यति धेरै माया लाग्छ नि हाउ, शिरैमा मेरो पगरी लै लै, ए सिम्मा आउ बस छेउमा, सायरेम उनले करिब दुइ दर्जन गीत गाएर मनोरञ्जन दिएका थिए । किराँत गोल्डकपको अवसरमा पाँचथर फुटबल क्बलले सस्कृतिका कार्यक्रम गरेको थियो । यहाँ स्थानिय कलाकारको प्रस्तुती पनि दिएका थिए ।