पाँचथर– पाँचथरको फिदिम–४ गडिमा चासोक मेला सुरु भएको छ ।
लिम्बु जातीको पर्व चासोक तङ्नामको अवसर पारेर मेलाको आयोजना भएको हो । मेलाको जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बेले उद्घाटन गरेका थिए ।
लिम्बु जातीमा आधारीत तथा अन्य सास्कृतिक प्रस्तुतीहरु राख्दै मेलाको उद्घाटन गरिएको थियो । मेला–१६ गतेसम्म चल्दै छ ।
चासोक पुँजा, म्याराथुन, सास्कृतिक प्रस्तुती रहने मेलाको शनिवार उद्घाटन गरिएको छ ।
सुम्जिरि सुम्हालुङ आम्बेपजमा मेला उद्घाटन गरिएको हो । मेलामा सास्कृतीका अलवा पिङ सहितको रमाईलो मेला,खानपानका विभिन्न स्टलहरु राखिएको छ । मेला धान नाच समेत हुने बताइएको छ ।
‘चासोक पर्वको अवसरमा परम्परागत सस्कृतिको निरन्तरता, आन्तरीक पर्यटन प्रर्वद्धन र सस्कृति पुस्तान्तरणकोलागिग मेलाको थालनि गरेका थियौँ’ फिदिम–४ का वार्ड अध्यक्ष उपेन्द्र लावतीले भने ‘मेलामा विभिन्न जातजातीको सास्कृतिक प्रस्तुती, चासोक पुँजा, सुम्हालुङ मिनि म्याराथुन, परम्परागत खेलकुदका गतिविधि हुन्छन् ।’
सुम्जिरि सुम्हालुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानले मेलाको आयोजना गरेको हो । मेला अन्तर्गत आईतवार विहान मिनि म्याराथुन हुदैँ छ । सुम्हालुङदेखि क्याम्पसमोड हुदै जोरसाल भएर शिवालय मन्दिर हुदै फेरी सुम्हालुङ आईपुग्ने गरि धावक दौडिने छ । ९ किलोमीटर लामो दुरीको दौड हुदैँ छ । यो म्याराथुन छैठौँ हो । म्याराथुन विजेताले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १० हजार पुरस्कार पाउने छ । चासोक मेला १६ गतेसम्म सञ्चालन हुने छ ।
उद्घाटनमा बोल्दै फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्लले सस्कृतिको संरक्षणमा नगरपालीकाले सहयोग गरिरहेको बताएका थिए । मेलाले सास्कृतिक, आर्थिक, पर्यटनको क्षेत्रमा महत्पूर्ण योगदान पुग्ने उनको भनाई थियो । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
पाँचथरमा चासोक मेला सुरु
पाँचथरमा चासोक मेला सुरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस