पाँचथर । ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको अन्तीम सेमिफाइजल खेलमा आज पाँचथर फुटबल क्लब सगरमाथा युथ क्लब मोरङ बिच प्रतिस्प्रर्धा हुँदैछ ।
पाँचथर र सगरमाथा बिचको खेल प्रतिस्प्रर्धात्मक हुने अनुमान गरिएको छ । क्वाटर फाइनलमा दुबै टोलीले उत्कृष्ट प्रर्दशन गर्दै सेमिफाइनल यात्रा गरेकाले पनि खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । क्वाटर फाइनलमा पाँचथरले जलथल फुटबल क्लब झापालाई १-० र मोरङले बीटी फुटबल क्लब तेह्रथुमलाई ४-० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
आज दिउसाे २ बजे भानुजन माबिको खेलमैदानमा दुबै टोलीको लक्ष्य फाइनल प्रबेश नै हुनेछ । आजको विजेताले उपाधिको लागी सुनसरीको चक्रघट्टी फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिताको बिजेताले उपाधि सहित नगद तीन लाख दुई हजार ८० र उपविजेताले एक लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छ ।