दुइटा चिया आइसकेको रहेछ । सधै भेट्ने चिया स्टेसनमा चिया राखेर पर्खिरहेको रहेछ उ । सधैझै मैले पनि हातमा बोकेको ब्यागले उसको टाउको मा हान्दै “अघि आइस” भने । खिस्स मुस्कुराउदै भन्यो “बस तँलाइ पर्खी रहेको सधैझै आज पनि ढिला तँ.”… उस्ले भन्यो ।
“तेरो लागि गणेशको मुर्ति लिन गएको थिए भानुचोक भिड रहेछ अनि स्कुटी घुमाएर पुतली लाइन हुँदै आए त्यही भएर ढिला सरि ल ।” मैले भने
सरि ? खित्का छोड्दै भन्यो “साथी मा नो सरि नो थेक्यु”
मैले भने “को साथी” ?
“अब साथी नि नरहने” ? उस्ले सोध्यो
“भोलि फेसबूक मा ब्लक गर्दै छु तँलाइ”
“किन” ?उस्ले सोध्यो
“म तँलाइ अरुको अङालोमा हेर्न सक्दिन” ।
बरु बल्क गर्छु ढुक्क
कुरा टार्यो “चिया सेलाएछ अर्को मगाउछु ल ”? उस्ले भन्यो
“किन आज हतार छैन तलाइ “? मैले भने
“छैन आज पूरा समय तलाइ दिन्छु,आज तेरो लागि उ सङ बिदा मागेर आएको छु त जहाँ भन्छेस त्यही जान्छु ।”
“अब भेट्न बिदा मागेर पो- ? लौ लौ निरास हुँदै भने मैले
७ बर्ष अगाडि उ मेरो दादाको साथी सग घर आएको थियो , दाइले चिसो ल्याउन भन्नू भयो , हाम्रो पहिलो भेट त्यही भएको थियो ,पछि फेसबूकमा मैलेनै रिक्योस्ट पठाएर साथी भएका थियौ,त्यो बेला म भिजिट पुर्वान्चल भन्ने कार्यक्रम रेडियोमा चलाउथिए,
“माया मेरि माया हाम्रो मिलन कहिले हुन्छ”
“तिम्रो त्यो हसिलो मुहारको झझल्को जब आउछ”
यी गित म प्राय बजाउथिए किनकी उस्को मनपर्ने गित थियो यी ….
“ओइ हावा कता पो हराइस बोल्न आज म तेरो कुरा सुन्न आएको बोल, चिया ले पोलिदिउ ”? उ बोल्दै थियो तर म अन्तै पुगेको थिए…. मलाइ केही सुनाउनु छैन,म अन्तिम चिया त सग खान आएको मैले तेरो लागि लेखेको फीलिङ पढ्न आएको किनकी अब बाट म यो चिया स्टेसनमा कहिले आउने छैन ।
हरेक शुक्रबार चिया पिउने स्टेसन हो यो चिया स्टेसन , यहाँ को बिशेषता हो मट्कि चिया अनि चिया खाइसके पछि आफुले खाएको चियाको कप मा मनको कुरा,इमो जे मनपर्छ त्यहि लेखेर राख्ने ठाउँपनि बनााएको छ यहाँ, मैले हप्ताभरी उसको बारे सोचेको फिलिङ म प्राय यहि मट्की मा लेख्ने गर्थे ।
आज पनि लेख्नु थियो,आज झन बिशेष दिन थियो,आधिकारिक रुपमा हामी ब्रेक अप गर्दैथियौ ।
ब्रेकअप पनि आधिकारिक ?
हो यो आधिकारिक ब्रेकअप थियो,
प्रेम गर्दै गर्दा केही बाचा पनि हामिले गरेका थियौ,
यदि हामि जो कोहि ,अर्को मान्छे प्रती प्रेमिल फिलिङ आएमा पहिलो चोटि एक अर्कालाइ नै सुनाउने छौ ।
उसले बाचा पूरा गरेको थियो । तर मेरो जिन्दगी बद्लिएको थियो,उसले नयाँ मान्छे प्रती को फिलिङ पनि यहि चिया खादै गरेको बेला भनेको थियो मैले उसको चियाको मट्किमा लेखेको थिए,
फेरि सोध्यो हँु ….“भन न केही त बोल ”?
“बिहा कहिले गर्दैछौ ”?मैले सोधे
उसले कुरा मोड्दै ……
उ हेर अन्तिम चोटि तैले लेखेको प्रश्न? उस्ले कपतिर औला देखाउदै भन्यो
आखिर मेरो मायामा कहाँ कमी गरे ?
अहिले पनि त्यो कप देखे
उ उठेर कप भए तिर गयो,कप लिएर आयो
“यस्को जवाफ नि सुन्न चाहान्नस त ”?
“यसको जवाफ भन्दा धेरै पर त पुगिसकेको छस,मलाइ केही सुन्नु छैन ।”मैले भने
उसले मेरो हात समायो र भन्यो “तेरो मायामा कुनै कमि थिएन,सोचे भन्दा धेरै गरिस,मलाइ मात्र होइन मेरो परिवार मेरा साथी,मेरो खुशी मेरो दुख,सबैलाई माया गरिस, मेरो आँसु खस्दा तेरो काध थापिस, अरु त अरु मलाइ प्रेम गर्न सिकाइस, तँ यसरी मेरो जिवनमा राज गरिस कि तँ म भन्दा फरक छैनस म नै तँ हँु जस्तो लाग्न थालिसकेको थियो ।” ”तर कतिबेला उ अनि उसलाइ माया गर्न पुगे थाहा छैन । मलाइ माफ गर है तँलाइ कति रुवाए….”
हो अहिले सम्झिदै छु मेरि आमा भन्दा पहिला म उसको आमा लाई सम्झिथिए, मेरो परिवार भन्दा पहिला उसको परिवार सम्झिन्थिए, उसको घर उसको दुख,उस्को खुशी भन्दा पर मैले केही सोचिन,उसका साथीमा यसरी जोडिएकी मेरा साथी छुटदै गए, माता तिर्थ औशिमा दुईटा सारिमा रोजेको सारी उस्कि आमा लाई अनि छानेर छोडेको सारी मेरि आमालाइ, उस्कि बहिनी मेरि दिदी भन्दा प्रिय भैइन,उसको दाइ मेरो दाइ भन्दा नजिक भए,उस्को भाउजू मेरि भाउजू भन्दा मायालु भैइन, आखिर साच्चै कहाँ गरे कमि मैले माया गर्न,उस्को बेड कभर भिडियोकल बाट छान्ने मै हँु,उसको दशैको लुगा भाइबर बाट रोज्नेपनी मै हुँ उस्कि बहिनिलाइ तिहारमा दिने सामान रोजेर् पठाउने नि मै हुँ अफिस जाँदा रेडि भएर जाने बेला मेरो लाइक न आउजेल पर्खिरहने पनि त उहीँ हो । आखिर कहाँ कमि भयो मेरो माया? सोध्न अनि सोधिरहन मन छ । तर अब यी प्रश्नको जवाफ चाहिएन मलाइ किनकी उसले म हुँदा हुँदै अर्कैलाइ मनमा सजाइसक्यो ।
“ओइ भोक लागेन के खान्छेस खाजा ”?
फेरि झस्याङ भए, पर अर्को कप रहेछ आफै गएर ल्याए
लेखिएको थियो बैशाख २९ गते नजिकै उभिएको दिन,
याद छ मलाइ निर्वाचन थियो त्यो दिन उ निर्वाचनमा खटिएको कर्मचारि अनि म भोट हाल्न आएकि ,आमुने सामुने भएर पहिलो चोटि गफ गरेको दिन उसको छेउमा उभिएको थिए ,के छ हजुर सन्चै होइसिन्छ? यस्तै भनेको थियो,पहिलो चोटि चिया खानु आउदा लेखेको थिए,त्यो लेख्दा उ मुसुक्क मुस्कुराएको थियो । अर्को कप छेउमै थियो असार पन्ध्र पहिलो चोटि उसले मेरो खुट्टाका औला लाई छुएको थियो । उस्लाइ फेरि देखाए हेर याद छ तलाइ? खिस्स, नमिठो मुस्कान मुस्कुरायो हिनताले भरिएको ।
त संग का हरेक कुरा याद छ केटि मलाइ उसले भन्यो
“अनि धोका दिन लाग्दा मेरो माया चै किन याद भएन तँलाइ” ?मैले सोधे
“यसलाइ धोका भन्छेस त ”? ”सबै गल्ती मेरो “? तलाइ नभनी उ सग प्रेम गरिरहेर त सग् नाटक गरिरहेको भए त्यो हुन्थियो धोका, अनि अरु प्रती आएको फीलिङ तँलाइ सुनाउन साथ अब रिलेसन ब्रेक गर्ने कुरा तैले नै गरेकी होइनस? मलाइ रोक्ने कोसिस एकचोटी गरिस?के सबै गल्ती मेरो नै हो त?”
उ थोरै परिवर्तन जस्तो लाग्न थालेको थियो, गुड मोर्निक सङै आइ लभ यु, दिनमा १० चोटि सरि भन्ने मान्छे अब यस्ता कुरा गर्न मूड न आउन थालेको थियो मलाइ निद्रा लाग्यो सुते है भन्ने मान्छेको फोन राती राती बिजि हुन थालेको थियो,अफिस जान लाग्या है भन्ने मान्छे आज ढिला उठेर कल गर्नै भ्याइन भन्न थालेको थियो त म कसरी उ संग अब जिन्दगी बिताउन सक्थिए र?
फेरि अर्को चिया उसले मगायो,“भयो म खान्न” मैले भने
चिया प्रेमी आज चिया नखाने जिस्किने मुडमा उस्ले भन्यो,
“ त्यस्ता धेरै चिज छुटदै जान्छन जुन असाध्यै प्रिय हुन्छन जस्तो कि तँ” । मैले भने
“म छुटेको कहाँ हो र तैले छुटाएकी मलाइ उसले भन्यो” ।
“हुन त म आज मात्र त संग अन्तिम चिया खानु आएकी हुँ..”.. भन न
अनि उसले भन्यो
“पख.. यो कप याद छ तँलाइ”
“उम याद छ साउन ५ ,पहिले पटक तेरो सिउदो सजाउने कसम खाएको दिन अनि भदौ १२ ?” मैले भने
“पहिलो चोटि तँलाइ “त” भनेर महसुस गरेको दिन ।” उसले भन्यो
छिे…. यति याद हुने तलाइ, कसरी मुटुमा अर्को सजाउन सकिस? कति पिडामा भए सोचिस कहिले? मैले भने….
त्यो सोच्न नै सकिन नसोची प्रेम भयो त ,उस्ले भन्यो
अनि म संग चै के थियो? मैले भने
सुरुवाती दिनमा हामी हरेक साँझ छत मा निस्किन्थियौ
छत बाट इसारामा कुरा गर्थियौ,फोन मा कुरा गर्थियौ
एकदिनको समय हामिलाइ कम हुन्थियो कुरा गर्न,हप्ता महिना बर्षौ एक अर्काको केयर,माया,दुख,सुख बाढेका हामी एका एक के भयो ?यो प्रस्न लाखौ पटक सोधे आफुलाइ जवाफ पाउन सकिन ।
उस्कि आमाले पनि त मेरो टाउकोमा हात राखेर म जस्तै बुहारिको कल्पना गर्नुभएको थियो,त्यो घर त्यो परिवार?उस्का आफन्त कहिले पराइ लागेन….
प्रेम त राधाकृष्णले पनि गरे नि बिहा पो गरेनन त
“तँलाई म सधै प्रेम गर्छु उस्ले भन्यो”
छोड…….. गफ अलि दिन थाल्या रछस….
टेवल चियाका मट्किले भरिसकेको थियो
म मेरो भावाना लेख्दै थिए …. पानी हल्का छिट्यायो उस्ले मेरो हात समात्यो र ओत लाग्ने तिर लग्यो म हिडिरहे…
त्यो दिन पनि पानी पर्दै थियो साउन १५ उस्ले मलाइ काठमान्डौ घुमाउदै थियो,पशुपति नाथमा साझमा आरती हेर्ने रहर गरेकी थिए त्याहा पुगेर आरती हेर्दै गर्दा उस्ले हात समाएर संसारकै सबै खुशी दिने बाचा गरेको थियो।
काठमाडौ बाट फर्किर्दा एर्पोटमा पनि त अङालो हालेर रुने उहीँ थियो ।वरिपरिका मान्छेले हेरेपनी वास्तै नगरी एकटकले अङालो हालेर रुने मान्छे एकाएक परिवर्तन कसरी भयो?
उसको जागिर सरुवा भएपछी बिस्तारी बिस्तारी उ पनि मेरो मन बाट सरुवा हुँदै रहेछ पत्तै भएन…
उसले सज्जा संग प्रेम शुरु गरेपछी मलाइ थाहा नदिएको होइन,उसले फेरि सम्बन्ध सुरुवात गरौ भनेको पनि हो । तर जब म उसको जीवनमा थिए म हुँदा हुँदै उस्को जिवनमा अर्को मान्छे आउँछ भने म उसको जीवन बाट नै निस्किनु पर्छ मैले निर्णय गरेको थिए …..
साँझ झमक्क पर्दै थियो आज किन हो उ उठ्ने कुरै गरेन,
मैले भने “म जानू पर्छ अब रात पर्यो”
“एकछिन बस्न” उस्ले भन्या,े
अर्काको मान्छे संग राती अबेर सम्म बस्ने बानी छैन
गहिरिएर हेर्यो अनि खिस्स हाँस्यो
म जुरुक्क उठे,गणेशको मुर्ती उसको हातमा दिदै नँया जीवनको शुरुआत को शुभकामना दिए…
निस्किदै गर्दा हात समात्यो,
“लाग्यो अब म फर्के भने कहिले नजोडिने गरि टुट्ने छु ….
फर्किनस ।” उसले भन्यो
मेरो गला बसिसकेको थियो
“हामिले हाम्रो जीवन को हरेक मह्त्वपुर्ण कुरा एक अर्कालाइ बताउने भनेका छौ याद छ तँलाइ ।” उसले भन्यो ।
म अबको तीन दिन पछि अस्ट्रेलिया उढ्दै छु… यति भनेर हात उसको हात बाट निकालेर म हिडे….
अलि अगाडि पुगे पछि याद आयो यहाँ केही नलेखी म कहिले हिडिन
चिया स्टेसनको नया कप मागे र लेखे
प्रिय सज्जा,
मायाको ओत अनि प्रेमको सिचाइ गरेर प्रेमी बनाएको थिए,अब तिम्रो पति हुँदै छ,यति माया देउ कि प्रेमिकाको उस्लाइ याद नआओस….
तिम्रो हुनेवालाकी बेहुलाकी
हुन नसकेकी बेहुली…..