पाँचथर । रानिटारमा जारी पाँचै फिदिम नगरकप फुटबलको उपाधिका लागि पाँचथर फुटबल क्लब र झापाको शनिश्चरे फुटबल क्लब भिड्दैछन। । आज फाइनलमा दुबै टिमका कप्तानले आफुले उपाधि जित्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । बराजु खेलमैदानमा आज दिउसाे २ बजे यि दुइ टाेली प्रतस्पिर्धा गर्नेछन् ।
केहि महिना अघिमात्र स्थापना भएको पाँचथर फुटबल क्लबको फुटबल यात्रा गज्जबको छ । यो दुई महिनामा पाँचथर क्लब ३ गोल्डकपमा सहभागिता जनाइसकेको छ । मंसिरमा आफैले आयोजना गरेको किरात गोल्डकपबाट फुटबल यात्रा सुरु गरेको पाँचथरले उक्त प्रतियोगितामा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । पुस महिनामा ताप्लेजुङमा भएको प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपमा सेमिफाइनलमा सडनडेथमा ५-४ गोलले मोरङ सँग पराजित भएको थियो । पाँचथर क्लबको यो पहिलो फाइनल यात्रा हो । पहिलो उपाधिको खोजिमा रहेको पाँचथर क्लबको लागी यो प्रतियोगिता ऐतिहासिक बन्न सक्छ ।
उता, शनिश्चरे फुटबल क्लब मंसिरमा भएको झापा लिगको बिजेता टोली हो । झापाली टोली पाँचथरमा पनि उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने जनाएको छ । सेमिफाइनलमा आयोजक स्वतन्त्र एफसीलाई ४-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
स्वतन्त्र फुटबल क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार पाउने छ ।