पाँचथर। पाँचथर फुटबल क्लबले पहिलो उपाधि जितेको छ । स्थापना भएको पाँच महिनामै क्लबले पहलिो सफलता हात पारेको हो । रानिटारमा बुधबार सम्पन्न भएको पाँचौ फिदिम नगर कप फुटबलको उपाधि जिते सँगै पाँचथरको नाममा पहिलो उपाधि दर्ता भएको हो ।
फिदिम ७ रानीटारस्थित बराजु खेलमैदानमा बुधबार भएको फाइनल खेलमा झापाको शनिश्चरे एफसीसँग १-० गोलको साँघुरो जित निकाल्दै पाँचथरले उपाधि रक्षा गरेको हो । पाँचथर क्लबले किरात गोल्डकप आयोजना गरेर अन्तिम चारसम्म स्थान सुरक्षित गरेको थियो भने ताप्लेजुङमा पनि अन्तिम चारमै खुम्चिनु परेको थियो ।
पाँचथरको जितमा पारस कार्कीले गरेको गोल नै निणर्ायक बन्यो । दोस्रो हाफको १६औँ मिनेटमा गरेका गोल नै उपाधि रक्षाका लागि निणर्याक बनेको हो । झापाली टोली भने पहिलोपटक पहाडी जिल्लामा सहभागिता जनाएर उपविजेता बन्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पाँचथरका मिराक खजुम भए ।
यस्तै, पाँचथरकै पारस कार्की म्यान अफ दी म्याच र सर्वाधिक गोलकर्ता झापाका प्रदिप बुढाथोकी भए। उनले प्रतियोगितामा ५ गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पाँचथरका जमिन लक्सम बने । स्वतन्त्र फुटबल क्लबले आयोजना गरेको पाँचौ संस्करणको विजतो पाँचथरले नगद १ लाख ८० हजार र उपविजेता झापाले नगद ९२ हजार र ट्रफी पाएको छ ।