पाँचथर । साफ यू-१९ महिला च्याम्पियनसिपका लागि यू-१९ राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाइएको छ । जसमा पाँचथरकी पुनम चेम्जाेङ समेतकाे टाेलि रहेकाे छ । पुनम फाल्गुनन्द ५ कि हुन् । उनि यस अघि यू १५ र यु १७ राष्ट्रिय महिला टोलीबाट खेलिसकेकि छन् ।
मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले शुक्रबार बन्द प्रशिक्षणका लागि ३५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा छनोट प्रक्रियापछि बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको एन्फाले जनाएको छ ।छनोट भएका खेलाडीहरुलाई नागरिकता वा पासपोर्ट लिएर आइतबार (पुस २२ गते) बिहान १० बजे एन्फा कम्प्लेक्समा उपस्थित हुन एन्फाले जानकारी गराएको छ ।
साफ यू-१९ महिला च्याम्पियनसिप आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकमा हुनेछ । जहाँ नेपाल र बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रारम्भिक टोली:
गोलिकपर : लिला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, राधिका ओली
डिफेण्डर : दिव्य यसमाली मगर, सिता रोकाया, अमिता भुल, रेनु लिम्बु, गंगा रोकाया, सानु माया वाइवा, प्रशाना भुजेल, रोजिता विष्ट, सिमरन राई, सरिता कुमारी नाथ, माया मास्के, दिपा मगर, रुपा लिम्बु
मिडफिल्डर : भु कुमारी खड्का, झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशिला केसी, सबिता मन्डल, काजल स्याङ्गतान, भावना परियार, साराह बज्राचार्य, पुनम चेम्जोङ
फरवार्ड : सेनु परियार, समिक्षा मगर, सजिना स्याङ्गतान, लिला चन्द ठकुरी, सुक्रिया मिया, बर्षा ओली, साधना थावा, पुर्निमा राई, मिना देउवा ।