पाँचथर । चौथो सँस्करणको माघे सक्रान्ती गोल्डकपको उपाधी हुलाक लाइनले हात पारेको छ । फिदिम नगरपालिका ६ शिवा स्थित खाम्लोदिन खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा आयोजक लाङ्घाली क्लवलाई ३-१ गोल अन्तरले पराजित गर्दै हुलाक लाइनले उपाधी जितेको हो । खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएपछी टाइबेकरमा धकेलिएको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी हुलाक लाइनका कुसान नेम्बाङ, बेस्ट डिफेन्डर हुलाक लाइनकै टिएन जंग क्षेत्री, हाइ स्कोरर आयोजकका टिकाराम मगर, बेस्ट किपर मनापाजुङ युवा समुहका आयुस लिम्बु घोसित भए । विजेता हुलाक लाइनले नगद ३५ हजार ५ सय पचपन्न सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उपविजेता आयोजकले नगद २२ हजार २ सय २२ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पौष २६ बाट सुरु भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो ।