दिपक बोहोरा । तमोर नदीको बगरमा पहिलो पटक खुल्ला बीच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पाँचथर र तेह्रथुमको सिमा भई बग्ने तमोर नदिको माझिटार क्षेत्रमा पाँचथरमै पहिलो पटक ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको हो ।
‘बिच’ भनेको समुन्द्रको तिर होे । यहाँ समुन्द्र नभएपनि तमोर नदी छ । तमोरको तिरमा माझिटार बगर छ भने माझिटार बगर प्र्रांगणमा बनाइएको बालुवा खेलमैदानमा पहिलो पटक ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको हो । माझिटार छेवैमा तमोर नदि बगेको छ । यो क्षेत्र बिच भलिबल खेलको माध्यमबाट पर्यटन प्रबद्धन गर्नको लागि खुल्ला बीच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । बीच भलिबल खासगरी समुद्र छेउको बालुवामा खेलिने फरक प्रकृतिको खेल हो। यसमा टोलीमा दुई देखि चार खेलाडी खेल्छन्। नेपालमा समुद्र नभएकोले नदि तथा तालहरुको छेउमा बालुवाको कोर्ट बनाएर यो खेल खेलाउने गरिएको जानकारहरु बताउछन् । समुद्रतटको बालुवाको मैदानमा पुरुषले हाफ पाइन्ट र महिलाले स्पोटर््स ब्रा र पेन्टी मात्र लगाएर एक टीममा २-२ जना वा ४-४ जनाले मात्र खेलिने खेललाई बीच भलिबल भनिन्छ ।
फिदिम नगरपालिका- ४ र हिलिहाङ गाउँपालिका -७ माझिटारको तमोर किनारमा पहिलो पटक बिच भलिबल आयोजना गरिएको हो । तमोर पर्यटन समितिले तमोरमा पर्यटन प्रबद्धन गर्ने, तमोरमा जल पर्यटन र खेल पर्यटनका साथमा खेलाडी उत्पादन र खेलकुदको विकास मद्दत पुर्याउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको तमोर पर्यटन समितिका अध्यक्ष दिपेन्द्र तुम्बापोले जानकारी दिए ।
प्रतियोगितामा १२ टोली सहभागी रहेको तमोर रिसोर्टका सञ्चालक तथा प्रतियोगिताका आयोजक बरुण तुम्बापोले जानकारी दिए । “भलिबल खेलको माध्यमबाट तमोर नदि, माझिटार क्षेत्रको प्रचारप्रसार गर्न लागिएको हो”, उनले भने,“आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन्छौँ ।”
पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि छिमेकि जिल्ला ताप्लेजुङका सन्दिप र राजेशकाे जोडि जित्यो । राजेश कडेल र सन्दिप गौतमकाे टोलीले पाँचथरका उपेन्द्र उप्रेति र कृष्ण चापागाँईकाे जोडिलाई हराउदै उपाधि जितेको हो ।
फाइनल खेलको पहिलो सेट राजेश र सन्दिपको जोडिले २१-१६ ले जित्यो ,दोश्रो सेट उपेन्द्र उप्रेति र कृष्णको जोडिले २१-१७ ले जित्दै खेलमा फर्कने संकेत गरेका थिए । अन्तिम सेटमा राजेश र सन्दिपको जोडिले १५-८ जित्दै उपाधि जितेका हुन् ।
पहिलो पटक आयोजना भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीलाई रु नगद दश हजार, ट्रफि र प्रमाण पत्रद्धार पुरस्कृत गरिएको छ । द्वितीय हुने टोलीलाई रु ५ हजार ट्रफि र प्रमाण पत्रद्धार पुरस्कृत गरिएको छ ।