पाँचथर । बंगलादेशमा हुने साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । बिहिबार घाेषणा भएकाे टाेलीमा पाँचथरकी पुनम चेम्जाेङ समेतकाे टाेलि रहेकाे छ । पुनम फाल्गुनन्द ५ कि हुन् । उनि यस अघि यू १५ र यु १७ राष्ट्रिय महिला टोलीबाट खेलिसकेकि छन् ।
टोलीमा मुख्यतः यु-१५ र यु-१७ टोलीबाट नेपालको प्रतिनिधित्व गरेका खेलाडीहरु रहेका छन् । देश भरीबाट खुला छनोट गरी ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको थियो । टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्याम सुन्दर सिंह रहेका छन् भने शैलेश कर्माचार्य गोलकिपिङ प्रशिक्षक रहेका छन् । इन्दु दुवाल टिम व्यवस्थापकमा नियुक्त भएकी छिन् ।
आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
नेपालले माघ १९ गते घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्यिनसिपको यात्रा सुरु गर्नेछ । दोस्रो खेल भुटानसँग माघ २१ मा खेल्ने नेपालले तेस्रो तथा अन्तिम खेलमा भारतसँग माघ २३ गते खेल्नेछ । फाइनल माघ २५ गते हुनेछ । सबै खेल ढाका स्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा हुने छ ।
नेपाली टोली:
गोलकिपर: सुजता तामाङ, करुणा बुढाथोकी, लिला जोशी
डिफेन्डर: दिव्या यसमाली महर, सिता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई, माया मास्के
मिडफिल्डर: बिर्सना चौधरी, झुमा विश्वकर्मा, सराह बज्राचार्य, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ
फरवार्ड: सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङतान