इलाम । नवयुग श्रेष्ठको ह्रयाट्रिक गरेपछि घरेलु टोली रेडहर्स फुटबल क्लब इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबमाथि इलामले ४–० गोल अन्तरले पराजित गर्दै रेडहर्सले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिताको सुरुवातबाट दबाब बनाएको इलामको लागि खेलको १३ औ मिनेटमा उत्सव राईले गोल गरे ।पहिलोे हाफमा १–० ले अग्रता बनाएको इलामले दोश्रो हाफमा थप ३ गोल गर्न सफल रहयो ।
इलामका लागि ५५ औ मिनेटमा नवयुग श्रेष्ठले दोश्रो गोल गरे । .६५ औ मिनेटमा नवयुगले व्यक्तिगत दोश्रो गोल गरेका थिए । ८२ औ मिनेटमा नवयुगले ह्रयाट्रिक पुरा गरेपछि इलामले सहज जितका साथ अन्तिम ४ प्रवेश गरेको हो ।
खेलको म्यान अफ दि म्याच नवयुग घोषित भए । दोश्रो क्वाटरफाइनल खेलमा इटहरीको राष्ट्रिय जागृति क्लबले झापाको विर्तामोड युनाइटेडसंग प्रतिस्पर्धा गर्नेछ ।
आगामी माघ १३ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।