इलाम । इलाममा जारी प्रथम एनआरएन इलाम गोल्डकप प्रतियोगितामा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३-० गोलले पराजित गर्दै बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रबेश गरेको छ । बिर्तामोडको जितमा हिसुब थपलिया र प्रशान्त लक्समलले गोल गरेको छ ।
इलाम स्थित ठुलो टुँडिखेलमा आइतबार भएको खेलमा भएको बिर्तामोडको जितमा हिसुब थपलियाले २ र प्रशान्त लक्समले थप गोल गरेका थिए ।अफ्रिकन खेलाडीसहित मैदान उत्रिएको सुनसरीको टोलीलाई स्तब्ध पार्न बिर्तामोडका हिसुब थपलियाले खेलको ३५औँ मिनेटमा गोल गर्दै बिर्तामोडलाई अग्रता दिलाएका थिए । खेलको ५१औँ मिनेटमा हिसुब थपलियाले टिम र व्यक्तिगत दोश्रो गोल गर्दै अग्रता दोब्बर पारे । ८६औँ मिनेटमा प्रशान्त लक्समले थप गोल गरेर टोलीको जित सुनिश्चित गरे । खेलको म्यान अफ दी म्याच बिर्तामोडका हिसुब थपलिया बन्दै नगद पाँच हजार प्राप्त गरे । ट्रफी प्रदान गरे ।
रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भोलि (सोमबार) काठमाडौँको न्यू रोड टिम (एनआरटी)ले सर्लाहीको बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेता टोलीले नगद ५ लाखसहित ट्रफी पाउने छ ।