कृष्ण दुलाल
पाँचथर । फिदिम नगरपालीका– ९ लुम्फाबुङको सिक्तप्पामा भलिवल प्रतियोगिता सहित विभिन्न खेलकुद र सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्व. वृख बहादुर खालिङ, अमर बहादुर खालिङ र डिल्ली बहादुर खालिङको स्मृतिमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता फाइनल खेलमा फाक्तेपलाई हराउदै लुम्फाबुङले उपाधी चुमेको हो ।
फाईनल खेलमा लुम्फाबुङले २५–२३, १४–२५, १८–२५ र २५–१० को सेटमा विजयी भएको हो । भलिवल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजक सिर्जनशिल युवा समुहका अध्यक्ष इश्वरी खनालले जानकारी दिए । प्रतियोगिताको बिजेता लुम्फाबुङले ५० हजार ५ सय रुपैँया नगद र ट्रफि प्राप्त गरेको भने उपविजेता फाक्तेपले २५ हजार ५ सय रुपैँयामा चित बुझाउनु पर्यो । प्रतियोगिताको प्रायोजन प्रेम कुमार खालिङ राईको परिवारले गरेको थियो ।
फाईनलको दिन विभिन्न कार्यक्रमहरु गरिएका थिए । डोरी तान्ने र नृत्य प्रतियोगिता समेत सम्पन्न भएका थिए । । सास्कृतिक कार्यक्रम अन्र्तगतको नृत्य तर्फ क्रमश लुम्फाबुङ क्लव फेमेसुवा, लुम्फाबुङ क्लव र लुम्फाबुङ ६ क्रमशः प्रथम, द्धितिय र तृतिय भए । डोरी तान्ने खेलमा आयोजक सिर्जनशिल युवा समुह प्रथम र लुम्फाबुङ क्लव दोस्रो भएका थिए ।
विजेताहरुलाई फिदिम नगरपालीकाका प्रमुख मित्र प्रसाद काफ्ले, उपप्रुमख राधाकृष्ण न्यौपाने, फिदिम–९ का वार्ड अध्यक्ष गंगाप्रसाद राई, पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
खेलकुद, सास्कृतिक कार्यक्रम जस्ता गतिविधिले गाँउ, ठाँउको पहिचान गराउने प्रमुख काफ्लेको भनाई थियो ।