इलाम । इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमिफाइनल प्रबेशको लागि आज पाँचथरको पाँचथर फुटबल क्लबले नेपाल सुपर लिग खेल्ने टोली बुटबल लुम्बिनी एफसी सँग प्रतिस्पर्धा गर्दै छ ।इलामा पाँचथर फुटबल क्लब र बुटबल लुम्बिनी एफसी दुबैले पहिलो पटक खेल्न लागेका हुन् । बिमल घर्ति मगर लगायतमा स्तरीय खेलाडीहरु सहित पाँचथरले बुटबल सँग प्रतिस्पर्धा गर्नेछ ।
बुटबलसंग पनि चलेका खेलाडिहरु रहने अनुमान गरिएको छ ।
आजको खेल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल हो । माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितालाइ एनआरएनएले मुख्य प्रायोजन गरेको छ ।