इलाम । इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमिफाइनल प्रबेशको लागि आज भइरुहेकाे खेलमा पाँचथरको पाँचथर फुटबल क्लबले नेपाल सुपर लिग खेल्ने टोली बुटबल लुम्बिनी एफसी बिरुद्ध खेलको सातै मिनेटमा गोल गर्दै अग्रता लिएको छ । अशोक खबासले प्रहार गरेको सुन्दर फ्रिकिकलाई पाँचथरका रोशन आङदेम्बेले हेडर गोल गरेका छन् ।
आजको खेल प्रतियोगिताको अन्तिक क्वाटर फाइनल खेल हो । माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको एनआरएनएले मुख्य प्रायोजन गरेको छ ।