इलाम । इलाममा जारी प्रथम इलाम गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा पाँचथर फुटबल क्लबले नेपाल सुपर लिग खेल्ने टोली बुटबल लुम्बिनी एफसी बिरुद्ध २-१ गोलको अग्रता लिएको छ । पाँचथरले खेलको चौथो मिनेटमा अशोक खवासको फ्रिकिकमा रोशन आङदेम्बेले अग्रता दिलाएका थिए ।
खेलको ३५ औं मिनेटमा बुटबलका बिदेशि खेलाडिले रिबाउन्डबाट आएको बललाई जालि चुमाउदै बराबरी गोल फर्काएका थिए ।फेरी ३८ औं मिनेटमा पाँचथरका सिमान्त थापाले गोल गर्दै खेल २-१को अग्रता बनाए । पहिलो हाफमा पाँचथरले बुटबल बिरुद्ध निकै आक्रमण गरेको थियो ।
माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको एनआरएनएले मुख्य प्रायोजन गरेको छ ।