इलाम । ए डिभिजन टोलि न्यू रोड टिम (एनआरटी) इलाममा जारी प्रथम इलाम गोल्कपको उपाधि नजिक पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्स क्लब इलामलाई हराउदै पाहुना टोलि फाइनलमा पुगेको हो ।
ठुलो टुडिखेलमा भएको खेलमा अन्तिम दुई मिनेट सम्हालिन नसक्दा आयोजक रेडहर्ष एफसीको इलाम गोल्डकपको फाइनल पुग्ने सपनाबाट बञ्चित भएको छ ।
सुरुवाति अग्रता लिए पनि आयोजक रेडहर्स फाइनल पुग्न सकेन । प्रतिस्पर्धात्मक खेलमा आयोजकले खेलको ४२औै मिनेटमा अग्रता बनाएको थियो । कप्तान नवयुग श्रेष्ठको गोलबाट लिएको लिएको थियो । खेलको ८८औं एनआरटीका लागि ग्लोरीले गोल गर्दै खेलमा फर्काए ।
बराबरी खेलको छिनोफानो सडन डेथबाट भएको थियो । टाइब्रेकरमा पनि ३-३ गोलको बराबरी भएको थियो ।
सडन डेथमा भने आोजकका एकराज बुढाथोकीको प्रहार आकासिँदा एनआरटीका राजीव लोप्चनको प्रहार गोलमा परिणत भएको थियो । सोही गोलले एनआरटीले फाइनल यात्रा तय गर्यो । टाइब्रेकरमा आयोजकका लागि विशाल घलान, पिकेश लोक्ताम, शरण विक्राम सिंह बस्नेतको प्रहारमात्र गोलमा परिणत हुँदा कप्तान नवयुग श्रेष्ठ र छिरिङ गुरुङको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले रोकेका थिए ।
एनआरटीका प्रिसो, जय गुरुङ, सुमित श्रेष्ठको प्रहारमात्र गोलमा परिणत हुँदा सनम लिम्बूको प्रहार क्रस बारमा लाग्दै भित्रिएको थियो भने ग्लोरीको प्रहार आयोजकका गोलरक्षक विवेक मगरले रोकेका थिए ।
एनआरटीका गोलरक्षक प्रिसो म्यान अफ दी म्याचा बने । रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भोलि (बिहीबार) झापाको बिर्तामोड युनाइटेडले पाँचथर एफसीसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ । गोल्डकपको विजेता टोलीले नगद ५ लाखसहित ट्रफी पाउने छ ।