इलाम । इलाममा जारी प्रथम एनआएनए इलाम गोल्डकपको सेमिफाइनल खेलको पहिलो हाफमा बिर्तामोड बिरुद्ध पाँचथरले गोलरहति बराबरी खेलेको छ । इलामो ठुलो टुडिखेलमा भइ रहेको खेलमा दुबै टोलिबाट पहिलो हाफ कुनै गोल गर्न सकेन्न । दुबै टोलिले गोल गर्ने केहि अबसर पाए पनि गोल गर्न चुकेका छन् ।
आजको बिजेताले १३ गते उपाधिको लागि एनआटि क्लब सँग खेल्नेछ । बिर्तामोडले सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३-० गोलले पराजित सेमिफाइनलमा प्रबेश गरेको थियो । यता, पाँचथर फुटबल क्लबले नेपाल सुपर लिग टोली बुटबल लुम्बीनी लाई टाइब्रेकरमा हराउँदै पाँचथरले अन्तिम चारमा स्थान बनाएको हो ।
बिर्तामोड अनुभबि खेलाडी योगेश गुरुङ, प्रशान्त लक्सम लगायतका खेलाडीहरु सहित मैदान उत्रएिको छ । यता पाँचथर पनि सिमान्त थापा, सुदिप श्रेष्ठ, अशोक खवास, सुनिल खड्का, मन्जिल खड्का र रोमन भुजेल लगायतका खेलाडीहरु सहित प्रतिस्पर्धा गर्ने गरिरहेको छ ।
माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितालाइ एनआरएनएले मुख्य प्रायोजन गरेको छ ।