गिरिराज बाँस्कोटा
पाँचथर– तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना २०७८ सालको जनगणनाको तथ्याङक अनुसार आठ स्थानिय तह भएको पाँचथरको जनसंख्या १ लाख ७२ हजार ४ सय रहेको छ । ४२ हजार ४ सय ९५ घरधुरी पाँचथरमा रहेको छ ।
फिदिम नगरपालीकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ भने सबैभन्दा कम जनसंख्या तुम्बेवा गाँउपालीकामा रहेको छ ।
फिदिम नगरपालीकामा १२ हजार ३ सय ३६ घरधुरीमा ४८ हजार ४ सय ९५ जनसंख्या रहेको छ । यो मध्ये महिला २४ हजार ८ सय १६ छन् भने पुरुष २३ हजार ६ सय ७९ रहेका छन् ।
याङवरक गााउपालीकामा ३ हजार ९ सय ५६ घर धुरीमा १६ हजार ८ सय २१ जनसंख्या रहेको छ । यो मध्ये पुरुष ८ हजार ५ सय १४ र महिला ८ हजार ३ सय ७ जना सरहेका छन् । हिलिहाङ गाँउपालीकामा ४ हजार ५ सय ८८ घरधुरीमा १९ हजार ८५ जनसंख्या रहेको छ । जसमध्ये पुरुष ९ हजार ३ सय ८६ र महिला ९ हजार ६ सय ९९ रहेका छन् । फालेलुङ गाँउपालीकामा ४ हजार ९ सय १५ परिवारमा २० हजार ३ सय ६१ जनाको संख्या रहेको छ । यो मध्ये पुरुष १० हजार १ सय १९ र महिला १० हजार २ सय ४२ जना रहेका छन् ।
फाल्गुनन्द गाँउपालीकामा ५ हजार २ सय ७८ परिवारमा २१ हजार २ सय ८९ जनसंख्या रहेको छ । यो मध्ये १० हजार ४ सय ७ पुरुष र १० हजार ८ सय ८२ महिला रहेका छन् ।
कुम्मायक गाँउपालीकामा ३ हजार १ सय ५८ परिवारमा १२ हजार ७ सय ४६ जनसंख्या रहेको छ । कुम्मायकमा ६ हजार २ सय ९० पुरुष र ६ हजार ४ सय ५६ महिला रहेका छन ।
तुम्बेवा गाँउपालीकामा २ हजार ७ सय ४७ परवारमा सबैभन्दा कम ११ हजार १ सय ८९ जनसंख्या रहेको छ । यहाँ पुरुष ५ हजार ५ सय ७७ र महिला ५ हजार ६ सय १२ रहेका छन् ।
मिक्लाजुङ गाँउपालीमा भने ५ हजार ४ सय ५९ परिवारमा २१ हजार ६१ जनसंख्या रहेको छ । यो दोश्रो ठुलो जनसंख्या हो । यहाँ १० हजार ४ सय ५४ पुरुष र १० हजार ६ सय ७ महिला रहेका छन् । पाँचथरमा संस्थागत ५८ परिवारमा १३ सय ५३ जनसंख्या रहेको छ । संस्थागत भनेको जेल, आर्मी ब्यारेक, होस्टल लागयतमा सामुहिक बसाईको परिवार हो । ६ महिना देखि बसेको हुनु पर्ने छ ।
हेर्नुस पाँचथरको स्थानिय तह अनुसारको जनसंख्या :
पाँचथरका कुन स्थानिय तहको जनसंख्या कति ?
पाँचथरका कुन स्थानिय तहको जनसंख्या कति ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस