पाँचथरको फिदिम नगरपालीका–४ जोरसाल बजार नजिकै ७९ बर्षिय टेकबहादुर लिम्बुको हत्याको घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भईरहेको जानकारी दिएको छ । सडककै छेउको घरमा रातीको समयमा लिम्बुको हत्या भएको थियो ।
जोरसाल बजार नजिकै बाटो छेउमै हत्या भएको हो । पर्याप्त प्रमाणहरु घटना स्थलमा नभेटिएपछि प्रहरीलाई अुनसन्धानमा चुनौती थपिएको छ । आईतवार विहान हत्या गरीएको अवस्थामा लिम्बुको शव भेटिएको थियो । । उनको टाउकोमा गम्भिर चोट लागेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धानका लागि तालिम प्राप्त दुईवटा कुकुर परिचाल गरिएको थियो । धरानबाट कुकुर झिकाएर परिचालन गरीएपनि सफल हुन सकेन । धरानबाट कुकुर ल्याइपु¥याउन समय लाग्नुका साथै ,बिचमा पानी परेको प्रहरीले भेउ पाउन नसकेको हुन सक्ने अनुमान छ । विभिन्न हिसाबले अनुसन्धान भईरहेको जानकारी दिएको छ ।
हत्याको घटना सुनेपछि ठुलो संख्यामा सर्वसाधारणहरु घटना स्थल आसपासमा दिनभर भेला भएका थिए । सेवानिवृत्त भारतीय सैनिक रहेका लिम्बु किन हत्या भयो, कस्ले गर्यो भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।
घरमा लिम्बु र उनकी ८४ बर्षिय श्रीमतीमात्र रहेका थिए । श्रीमतीपनि शारिरीक रुपमा अशक्त तथा बोली नआउने रहेको खुल्न आएको छ ।