दिपक बोहोरा । ४ वर्ष सम्म फुटबल गतिबिधिमा शुनसान देखिएका मेचि पहाडी जिल्लामा महिनै पिच्छे ठुला प्रतियोगिता आयोजना हुन थालेका छन् । मेची पहाडका ३ जिल्ला ताप्लेजुङ, पाँचथर र इलाममा पुन ः फुटबलकको माहोल फर्किएको छ । करिब ४ वर्ष अगाडीबाट रोकिएका ठुला प्रतियोगिताहरु आयोजना हुनथाले सँगै यि जिल्लाहरुमा फुटबलको माहोल फर्किएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा फुटबल प्रतियोगिता हुँदै आएको थियो । तर,कोभिड-१९ महामारीलगायतका कारण सो प्रतियोगिता रोकिएको थियो ।
सो प्रतियोगिता दुई वर्ष कोभिड महामारीका कारण खेल रोकियो भने गत वर्ष मैदान नहुँदा प्रतियोगिता भएन । मेची पहाडी जिल्लामा फुटबलको माहोल यहि प्रतियोगिताबाट सुरु भयो । अघिल्लो वर्षहरुमा पाथीभरा गोल्डकपको नामामा आयोजना भएको प्रतियोगिता यसपटकबाट ‘ताप्लेजुङ गोल्डकप’को नामबाट आयोजना भयो । प्रतियोगिता गत भदौ १४ देखि भदौ २० गते आयोजना भयो । प्रतियोगितामा ए डिभिजन क्लब सहित ८ टोलीको सहभागीता थियो । यसपटकको ‘ताप्लेजुङ गोल्डकप’को बिजेता इलामको रेडहर्स क्लब बन्यो ।
प्रतियोगिताको विजेता बनेको रेडहर्सले ट्रफी सहित तीन लाख ११ हजार १११ रुपैँया र उपविजेताले एक लाख ११ हजार १११ रुपैँया पाएका थिए ।
लाखेजात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्ने गरेको लाखेजात्रा फुटबल खेल सञ्चालक समिति पत्रकार तथा पूर्वफुटबल खेलाडी देवराज गुरुङले जानकारी दिए ।
सो प्रतियोगितासम्पन्न गर्न ४९ लाख ८७ हजार एक सय ३७ खर्च भएको र प्रतियोगिता आयोजना गर्न रु ७३ लाख २४ हजार सात सय ८५ आय भएको गुरुङले जानकारी दिए । टिकट बिक्री, प्रतियोगिताका लागि विभिन्न व्यक्ति र सङ्घसंस्थाको सहयोगबाट उक्त रकम सङ्कलन भएको हो । सो प्रतियोगितामा खेलको टिकट बिक्रीबाट मात्र १८ लाख ७६ हजार छ सय आम्दानी भएको गुरुङले बताए ।
यस्तै, पाँचथरमा पनि सदमरमुकाम फिदिम माविको स्वामित्वमा रहेको खेल मैदानको पर्खाल २०७६ श्रावणमा भत्कियो लगतै कोभिड रोगका कारण पाँचथरमाठूला खेल प्रतियोगिताहरु बन्द भए । स्वभाविक थियो त्यहि कारण फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप हुन सकेन । पाँचथर सदरमुकाम फिदिममा यस अघि दुई ठुला प्रतियोगिता हुने गरेका थिए । फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप । फाल्गुनन्द गोल्डकप १० औं संस्करणमा पुगेर रोकियो । पाँचथर गोल्डकपको चौथो संस्करणमै बेक्र लाग्यो । २०७६ यता फिदिममा ठूला मानिएका फुटलब प्रतियोगिता भएको छैन ।
तर, पाँचथरमा ४ वर्ष पछि फुटबलको माहोल फर्किने देखिएको छ । पाँचथर फुटबल क्लबको आयोजनामा मंसिर १६ गते देखि२३ गते सम्म प्रथम किरात गोल्डकप आयोजना भएको छ । माविको निर्माणाधिन खेल मैदानमा सम्पन्न भएको प्रतियोगिताको उपाधि डाँगीहाट फुटबल क्लबले जित्यो ।
ए डिभिजन क्लब हिमालय शेर्पा सहित ८ टोलीले प्रतिस्पर्धा भएको प्रतियोगिताको विजेताले ट्रफीसहित ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ राशीको पुरस्कार राशी रहेको थियो ।उता, मेचि पहाडकै प्रतिष्ठीत गोल्डकप हो । इलामको माइभ्याली गोल्डकप । इलामको माइभ्याली फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता पनि २०७७ सालबाट रोकिएको थियो । २०७१ सालमा क्लब स्थापनापछि प्रत्येक वर्ष सञ्चालन भइरहेको प्रतियोगिता कोभिड महामारीका कारण ०७७ सालयता सञ्चाल भएको थिएन् ।
माइभ्याली फुटबल क्लबले फागुन २४ देखि चैत ३ सम्म प्रतियोगिता आयोजना गर्ने तयारी आयोजकले गरे पनि अन्तीम समय आएर स्थिगीत गरे पछि इलामकै रेडहर्स क्लबले इलाममा माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना सम्पन्न गरेका छन् । प्रतियोगिताको उपाधि ए डिभिजन क्लब न्युरोड टिमले जितेको छ । उपाधि सहति क्लब न्युरोड टिमले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् । यसअघि फागुन-चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरिएको छ।
फेरी मेचि पहाडमा २ ठुला प्रतियोगिता तयारी अवस्थामा छन् । इलाममा अर्को महिना प्रथम महिला गोल्डकप र पाँचथरमा चौथो पाँचथर गोल्डकप तयारी अवस्थामा छन् ।ओसिस क्लबको आयोजनामा फागुन २ देखि ७ गतेसम्म महिला गोल्डकप हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा कम्तिमा ८ टोलीको सहभागिता रहने बताइएको छ ।
जिल्ला झापा, पाँचथर, आयोजक ओसिस क्बल, विभागीय टोली एपिएफ, नेपाल आर्मीको प्रादेशिक टिम, भारत दार्जिलिङको मानेभञ्ज्याङ क्लब सँगै अन्य क्लबसँग पनि सहभागिता लागि प्रस्ताव पठाइएको आयोजकले जानकारी दिएको छ ।
यता ,पाँचथरमा पाँचथर गोल्डकपको चौंथो संस्करण अर्को महिना हुने भएको छ । आयोजक पाँचथर क्लबले फागुन १२ देखि १९ गतेसम्म हुने जानकारी दिइएको छ ।
चार बर्षपछि यो प्रतियोगिता हुन लागेको हो । पछिल्लो पटक २०७६ को चैतमा प्रतियोगिता भएको थियो । प्रतियोगित फिदिम माविको खेलमैदानमा हुनेछ प्रतियोगितामा आयोजक , एक विदेशीसहित ८ टोलीको सहभागिता रहने बताइएको छ ।आयोजक क्लबका सचिव योगराज सेढाइले झापा, मोरङ सहित ए डिभिजन, एनएसएल टोलीलाई सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए ।प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रोले २ लाख २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडी पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।