पाँचथर । ग्लोबल आइएमई बैंकले पाँचथर शाखा रहित बैंकिंङ सेवा विस्तार गरेको छ । फिदिम नगरपालिका वडा नम्बर १२ डेरी बजारमा ग्लोबल आइएमई बैंकले पाँचथरको दोश्रो शाखा रहित बैंकिंग सेवा बिस्तार गरेको फिदिम शाखा प्रबन्धक उमेश गौतमले जानकारी दिए।
ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा फिदिम नगरपालिका उपमेयर राधाकृष्ण न्यौपानेको प्रमुख आथिथ्यतामा शाखा रहित बैंकिंग सेवा सुरु गरिएको हो । उपप्रमुखले कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले पर्यटन र कृषिको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने सुझाव दिए ।यो संगै बैंक तथा वित्तीय संस्थाले घर घरमा पुगेर वित्तीय साक्षरता प्रधान गर्न पनि उनले आग्रह गरे।
ग्लोबल आइएमई बैंक फिदिम शाखा प्रमुख गौतमले ग्रामिण भेगका स्थ्यानिय स्तरका सबैमा बैंकको पहुच नपुग्नाले जनता सेवा लिन बाट बन्चित रहेकाले ग्रामिण भेगमा शाखा रहित सेवा संचालन गर्नु परेको बताए ।
उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ । शाखा रहित सेवा केन्द्रहरूबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने बैंकले जनाएको छ ।