पाँचथर– छिमेकी देश चीनसँग आफनो प्रदेश सडक सञ्जालले जोडिएपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ठेकदार कम्पनीलाई बधाई दिएका छन् । एसवी एलाईट कम्पनीका पेम्बा शेर्पालाई फोन गरेर वधाई दिएका हुन् ।
कार्कीले सडकको स्तरोन्नती लगायतका लागि प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका छन । ‘छिमेकी देशसँग सडक जोड्न मुख्य भुमिका निर्वाह गर्नु भएकोमा बधाई छ ‘ कार्कीको भनाई उद्दृत गर्दै ठेकदार शेर्पाले भने, ‘मपनि जाने चाहनामा छु, मैले मेरो तर्फवाट गर्नुपर्ने सहयोग गर्छु ।’
पहिलो पटक उत्तरी छिमेकी सँग जोडिएकोमा खुसी प्रकट गरेको पेम्बाले वताए । मुख्यमन्त्रीका सल्लाहकार देवनारायण यादवले ताप्लेजुङ तर्फको सडक जोडिएपछि संखुवासभा बाट विस्तार भईरहेको सडकलाई पनि द्रुत गतीमा वढाउन मुख्य मन्त्रीको ध्यान गएको बताए । चीनसँग सिमाना जोडिएका तीन जिल्ला मध्ये ताप्लेजुङ र संखुवासभा वाट सडक विस्तार भएको थियो ।