पाँचथर । कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार सम्पन्न भएको छ । सात बिधाका खेलहरु सम्पन्न भएका छन् । शुक्रबार सातै बिधाका खेलहरुको फाइनल खेलहरु सम्पन्न भएका छन् ।
महिला एकलमाको मोरङकी सिमा राजवंशी जितेका छन् । सिमाले फाइनलमा झापाकी अञ्जना राईलाई १७-२१ २१-१५ २१-१९को सेटमा हराउदै उपाधि जितेकी हुन् । यस्तै, पुरुष एकलको उपाधि भोजपुरका बिशाल तामाङले जितेका छन् । तामाङले ताप्लेजुङका मिलन गुरुङलाई २१-१२-२१-१३ को सोझो सेटमा हराउदै उपाधि जिते ।
पुरुष युगलको उपाधि तेह्रथुमका बिकेक कन्दवा र नबिन सिल्वालको जोडीले जितेका छन् । कन्दवा र सिल्वालको जोडीले भोजपुरका बिकेक श्रेष्ठ र बिशाल तामाङको जोडीलाई हराउदै उपाधि जितेका हुन् । उनिहरुले २१-१६ १६-२१ र२१-१७ को सेटमा बिजयी भए ।
महिला युगलको उपाधि खोटाङका रेनुका राई र समिता राईको जोडीले जिते । उनिहरुले सुनसरीका योगीता लिम्ब र सृष्टि राईको जोडीलाई २१-१७ २१-१२को सेटमा जित निकाले ।
मिश्रित युगलको उपाधि मोरङका सुप्रिम पन्त र सिमा राजबंसिको जोडीले जितेका छ । उनिहरुले पाँचथरका दिशस शंकर र छाया केरुङको जाडीलाई १७-२१ २१-१५ र२१-१९को सेटमा हराउदै उपाधि जितेका हुन् ।
भेट्रान्स तर्फ ४५ वर्ष माथिको उपाधि पाँचथरका सन्तोष मोक्तान र अनिल थाम्सुहाङको जोडीले जितेका छन् । उनिहरुले पाँचथरका दिपक आङदेम्बे र घनकुटाका शिखर श्रेष्ठको जोडीलाई २१-१६ १९-२१ र २१-१४ को सेटमा जित निकालेका हुन् । भेट्रान्स तर्फकै १०० वर्ष माथिको उमेर समुहको बिजेता झापाका प्रकाश राई र मोरङका उत्तम सिंखडाले जिते ।
जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका हुन् । प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कभर्डहलमा संचालन भइरहेको थियो । प्रतियोगितामा कोशी प्रदेशका १३ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।