पाँचथर । पाँचथर सदरमुकाम फिदिममा आजबाट पाँचथर गोल्डकपको चौथो संस्करण सूरु हुँदैछ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले गर्ने भएका छन् । प्रतियोगितामा ए डिभिजन क्लब त्रिभुवन आर्मीसहित आठ टिमले सहभागिता जनाउने भएका छन् ।
आईतबार हुने प्रतियोगितामा झापा ११ फुटबल क्लबसँग इलामको रेडहर्स फुटबल क्लब भिड्नेछ । सोमबार हुने खेलमा सर्लाहीको बाग्मती युथ क्लबसँग मोरङको पथरी ११ फुटबल क्लब भिड्नेछ । मंगलबार हुने खेलमा भारतको हिल्स फुटबल एकेडेमीले ए डिभिजन क्लब त्रिभुवन आर्मीको सामाना गर्नेछ ।
प्रतियोगिताको बिजेता टिमले पाँच लाख पाँच हजार र उपबिजेता टिमले दुई लाख ५५ हजार नगद पुरस्कार सहति ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निशान शिवकोटीले जानकारी दिए ।
फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको म्यान अफ दी म्याचले पाँच हजार, सर्बोत्कृष्ट खेलाडी, सार्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कउष्ट मिडफिल्डर र प्रशिक्षकले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको फ्यान अफ दी म्याचलाई पनि दुई हजार पाँच सय पुरस्कार प्रदान गर्ने आयोजकले तयारी गरेको छ ।