पाँचथर । चौथो पाँचथर गोल्डकप प्रतियोगितामा आयोजक पाँचथर क्लबले बिजयीसुरुआत गरेको छ । शनिबार भएको उद्घाटन खेलमा सप्तरीको नमोबुद्ध युथ क्लब लाई ३-० गोलले हराउदै पाँचथर सेमिफाइनलमा प्रबेश गरेको छ । स्थानिय खेलाडीहरुमात्र समेटेर टिम निर्माण गरेको पाँचथरले नमोबुद्ध माथि प्रभावशालि जित निकालेको हो ।
ए डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवि खेलाडीहरु लिएर आएको नमोबुद्ध पहिलो खेलमै स्तब्ध बन्यो । पाँचथरको जितमा शुकराज राईले ह्याट्रिक गरे । फिदिम माबिको खेलमैदान भएको खेलमा खेलमो ८ औं मिनेटमा पाँचथरका शुकराज राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । गोलरक्षकले बल क्लियर गर्न नसक्दा शुकराजले गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा शुकराज गोल गर्दै अग्रता दोब्बर पारेका थिए । खेलमैदानको मध्यभागबाट बल आफैले लगेर शुकराजले सुन्दर गोल गरेका थिए । ६१ औं मिनेट गोल गर्दै शुकराज ह्याट्रिक पुरा गरेका थिए । जमिन लक्समको पासलाई सदुपयोग गर्दै शुकराजले गोल गरेका थिए ।
खेलको दोश्रो हाफमा केहि सुधारीएको खेल प्रर्दशन गरे पनि नमोबुद्ध खेलमा फर्कन सकेन । दोश्रो हाफमा नमोबुद्धले केहि राम्रा आक्रमण बुने पनि खेलमा गोल गर्न सकेन । ७० औं मिनेटमा नमोबुद्धका सुदिप लामाको प्रहार आकाशियो । ७४ औ मिनेटमा नमोबुद्धका सरोज तामाङको प्रहार पाँचथरका गोल रक्षक मिराक खजुमले मुस्किलले बचाएका थिए ।खेलाडीहरुको तालमेन मिल्न नसक्दा खेलमा पराजित हुन् परेको नमोबुद्धका प्रशिक्षक सुरेश लामाले बताए । खेल रणनित अनुसार खेलाडीहरुले खेल्दा जित हासिल गर्न सकेको पाँचथरका प्रशिक्षक मिलन जबेगुले बताए ।
खेलमा ह्याट्रिक गरेका शुकराज म्यान अफ दि म्याच बन्दै नगद ५ हजार प्राप्त गरे । उद्धाटन खेलको फ्यान अफ दि म्याच (फरक शैलीमा समर्थन गर्ने समर्थक ) उग्रेन तामाङ बने । सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) राजेश राई बने । दुबैले समान २ हजार ५ सय प्राप्त गरे ।
ए डिभिजन क्लब त्रिभुवन आर्मी सहित ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन । प्रतियोगिताको उद्घाट्न युवा तथा खेलकुद मन्त्रि डिकबहादुर लिम्बुले गरेका थिए । खेलमैदानमा कुल १ हजार ८ सय ७७ दर्शक प्रवेश गरेको आयोजकले जनाएका छन् । प्रतियोगिताको पहिलो दिन ६ सय ७९ टिकक बिक्रि भएको आयोजकले जानकारी दिएका छन् ।
टिकक बिक्रिबाट पहिलो दिन १ लाख १ हजार ८ सय ५० रुपौँया संकलन भएको आयोजकले जानकारी दिएका छन् ।
पाँचथर गोल्डकपमा आइतबार हुने खेल
झापा ११ बिरुद्ध रेडहर्स फुटबल क्लब इलाम
समय दिनको २ बजे