पाँचथर । पाँचथरमा जारी चौथो पाँचथर गोल्डकप प्रतियोगिताको दोश्रो क्वाटर फाइनलमा आज दुई छिमेकी झापा ११ र रेडहर्स इलाम बिच प्रतिस्पर्धा हुँदै छ । फिदिम माबिको खेलमैदानमा हुने खेलमा दुबै टिम जितको लक्ष्य सहित मैदान प्रबेश गर्नेछन् । पूर्वको चर्चित झापा ११ उपाधि दाबेदार टोली हो ।
पछिल्लो समय निकै लयमा रहेको रेडहर्स इलाम र झापा ११ बिचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ ।झापा पाँचथरमा सफल क्लब हो । यस अघि दुईवटा संस्करणको बिजेता पनि झापा हो । यस अघि विर्तामोड युनाइटेड क्लब झापाको नाममा सहभागिता जनाए पनि यस पटक पुरानै क्लब झापा ११ को नाममा झापा पाँचथरमा उत्रदैछ । झापा ११ पाँचथरमा सर्वाधिक सफल क्लब हो । झापाले पाँचथरका दर्जनौ. प्रतियोगिताहरुको उपाधि जितेको छ । पाँचथरका फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता प्रतियोगिताको उपाधि जितिसकेको झापा फिदिममा हुने प्रतियोगिताको सदबहार उपाधिदाबेदार टिम हो । झापा उत्कृष्ट खेलाडीहरुको साथमा उपाधि जित्ने लक्ष्यका साथ पाँचथर आउने झापा ११ले बताएको छ ।
यता, रेर्डहर्स इलाम गत महिना इलाममा भएको प्रथम इलाम गोल्डकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको टोलीहो । गत भदैमा पटक ताप्लेजुङ गोल्डकपको उपाधि जितेको थियो । त्योबेला ए डिभिजन खेलेका र राष्ट्रिय टिमबाट समेत खेलिसकेका खेलाडीहरुले रेर्डहर्स इलाम निकै बलियो थियो । त्यो बेला इलामबाट खेलेका केहि खेलाडी बिदेश पलायन भए । पनि स्थानिय खेलाडी सहित मौफसलमा चलेका खेलाडीहरुलाई समेटेर टिम निर्माण गरेको बताइएको छ ।