पाँचथर ।चौथो पाँचथर गोल्डकप प्रतियोगितामा रेडहर्स फुटबल क्लब इलामलाई हराउदै झापा ११ फुटबल क्लब सेमिफाइनल प्रबेश गरेको छ । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा रेडहर्स क्लब लाई १-० गोलले हराउदै झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानिय खेलाडी मात्रमको टिम लिएर पाँचथर आएको झापाले ३ बिदेशी खेलाडी सहितको रेडहर्स संग प्रतिस्पर्धा गरेको थियो । पहिलो हाफ शुन्यको बराबरीमा समिएको खेलमा ६४ औं मिनेटमा झापाको लागि गोल सम्भव भएको थियो । बुढाथोकीले गरेको गोलनै खेलको निणर्यक गोल बन्यो ।
प्रदिप बुढाथोकीको हेडर गोलमा परिणत भएको थियो । दोस्रो हाफको ६४ औँ मिनेटमा पाएको फ्रिकिकमा निकेश श्रेष्ठको प्रहारमा प्रदिपले गोल गरेका हुन् । ए डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवी खेलाडी लिएर उत्रेको रेडहर्स पहिलो खेलमै स्तब्ध बन्यो ।
दोश्रो हाफमा गोल गर्ने ३ अवशर गुमाउदा रेडहर्स पराजित बन्न पुग्यो । दोश्रो हाफको ६०, ७२ र ७७ औ मिनेटमा गोलको अवशर गुमाएका थिए । ७४ औं मिनेटमा झापाका बबिन बोहोर वान भर्सेज वानको अवस्थामा गोल गर्न चुके । ७५ औं मिनेटमा झापाको प्रदिप बुढाथोकीको शक्तिशाली प्रहार इलामका विकेक मगरले पञ्च गर्दै बचाए ।
खेलमा गोल गरेका झापाका प्रदिप बुढाथोकी म्यान अफ दि म्याच बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे । झरना खबास खेलको फ्यान अफ दि म्याच भइन । सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) देबिका गुरुङ बनिन् । दुबैले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको दोश्रो दिनको खेलमा १ हजार ४ सय ३२ दर्शक प्रवेश गरेका छन् । दाेश्राे दिन ४ सय ५७ टिकट विक्रीबाट ६८ हजार ५ सय ५० रुपौयाँ संकलन भएको आयोजकले जानकारी दिएका छन् ।
ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल सहित ८ टोलीले सहभागिता रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाँचथर गोल्डकपमा सोमबार खेल
पथरी ११ विरुद्ध बाग्मती फुटबल क्लब सर्लाहि
खेल समय – दिउँसो २ बजे