पाँचथर । पाँचथरमा जारी चौथो पाँचथर गोल्डकप प्रतियोगिताको तेस्रो क्वाटर फाइनलमा पथरी ११ र बाग्मती युथ क्लब सर्लाही बिच प्रतिस्पर्धा हुँदै छ । फिदिम माबिको खेलमैदानमा हुने खेलमा दुबै टिम जितको लक्ष्य सहित मैदान प्रबेश गर्नेछन् ।
पछिल्लो समय निकै लयमा रहेको बाग्मती र पथरी ११ बिचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ । पथरी ११, मोरङ पनि फिदिमको मैदानमा परिचित टिम हो । मोरङको टिम पनि पाँचथरमा उपाधि दाबेदार टोलीको रुपमा रहँदै आएको छ । मोरङ पूर्वको फुटबल पावरहाउसनै भएकाले मोरङको टिम राम्रो हुने अनुमान गरिएको छ । निशाल लिम्बु र बिदेशी खेलाडीहरु सहित मैदान उत्र्न लागेको पथरी ११ ले जनाएको छ ।
यता, सर्लाहीको बाग्मती फुटबल क्लब अहिलेको मौफसलकै सर्वाधिक सफल क्बल हो । बि डिभिजनको क्लबले ए डिभिजनका क्लबहरुलाई माथ खुवाउदै आएको छ । बाग्मतीले गत साता सम्पन्न भएको छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगितामा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । बागमती युवा क्लब सर्लाहीले ‘सी’ डिभिजन लिग छनोटको उपाधि जित्दै बि डिभिजनमा पुगेको क्लब हो ।