पाँचथर । बागमती युथ क्लब सर्लाही पाँचथरमा जारी चौथो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । फिदिम माबिको खेलमैदानमा सोमबार भएको खेलमा पथरी ११ फुटबल क्लबलाई टाइब्रेकर ४-१ गोलले हराउदै अन्तिम चारमा पुगेको हो । निर्धारित समयमा कुनै टिमबाट गोल हुननसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकर बागमतिको लागी निर्मल बल,देवा गुरुङ,अनिश राना मगर र अभि लामाले गोल गरेका थिए । पथरीको लागी निरोज परियालले मात्र गोल गर्न सके । मन्जिल खड्का र ग्लोरीको प्रहार बागमतिका गोल रक्षक रौनक चौलागाइले उत्कृष्ट बचाउ गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलमा ५ औं मिनेटमा पथरीका ग्लोरीको प्रहार बागमतिका गोल रक्षक रौनक मुस्कीलले बचाएका थिए । १२ औं मिनेट पथरीकम सुबास तामाङले गोल गर्ने राम्रो अबशर गुमाएका थिए । ५० औं मिोटमा बागमतिका अभि लामाको शक्तिशाली प्रहार पथरीका गोलरक्षक सुजित चौधरीले पञ्च गरेर बचाएका थिए ।
पहिलो हाफमा निकै राम्रो प्रर्दशज गरेको पथरी दोश्रोहाफमा बागमतीको दबाबमा परेको थियो । दोश्रो हाफमा बागमतिले लगातार आक्रमण गरे पनि गोल गर्न भने सकेन । खेलमा दुई प्रहार रोकेका बागमतीका गोल रक्षक रौनक म्यान अफ द म्याच बन्दै ५ हजार जिते ।
टेकनाथा काफ्ले खेलको फ्यान अफ दि म्याच भए ।आजको खेलमा दुई जना दर्शकले गोल गर्न नसके पछि सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) को पुरस्कार कुनै दर्शकले जित्न सकेन्न । फ्यान अफ दि म्याचले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल सहित ८ टोलीले सहभागिता रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाँचथर गोल्डकपमा मंगलबार खेल
त्रिभुवन आर्मि फुटबल क्लब विरुद्ध हिल्स फुटबल एकेडेमी, भारत
खेल समय – दिउँसो २ बजे