पाँचथर । पाँचथरमा जारी चौथो पाँचथर गोल्डकप प्रतियोगिताको अन्तिम क्वाटर ए डिभिजन क्लब त्रिभुवन अर्मिले फुटबल क्लब र हिल्स एकेडेमी भारत बिच प्रतिस्पर्धा हुँदै छ । फिदिम माबिको खेलमैदानमा हुने खेलमा दुबै टिम जितको लक्ष्य सहित मैदान प्रबेश गर्नेछन् ।
पछिल्लो समय निकै लयमा आर्मि र पाहुना टोली हिल्स बिचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ । अर्मी फिदिमको मैदानमा परिचित टिम हो । आर्मी ४ वर्ष अगाडी भएको फाल्गुनन्द गोल्डकप प्रतियोगिताको उपबिजेता टोली हो । आर्मी पाँचथर गोल्डकपमा सहभागी मध्येको सबै भन्दा माथिल्लो क्लब हो । गत ए डिभिजन लिगमा ७ औं स्थानमा रहदै लिग सम्पन्न गरेको टिम हो ।
त्रिभुवन आर्मी फुटबल क्लब फिदिमको खेलमैदानको लागी नयाँ टिम होइन । पहिला पनि फाल्गुनन्द गोल्डकपमा यो मैदानमा खेली सकेको क्लब हो । ए डिभिजनको क्लब आर्मि पछिल्लो समय घरेलु प्रतियोगिताहरुमा निकै लयमा रहेको टिम हो । गत महिनामा आहा रारा पोखरा गोल्ड कपको च्याम्पियन बनेको आर्मी दुई साता अघि छैटौं सहिद स्मृति स्थानिय तह मकवानपुर फुटबल प्रतियोगितामा धनकुटाको राजारानी क्लबसँग सडन डेथमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
यता, पाहुना टोली हिल्स फुटबल एकेडेमीबाट उत्कृष्ट खेलाडीहरुको टिम आएको जनाएको छ । हिल्स फुटबल एकेडेमी भारतीय लिग खेलेका राम्रा खेलाडीहरु समेटेर टिम निर्माण गरेको जनाएको छ ।