पाँचथर । पाँचथरमा जारी चौथो पाँचथर गोल्डकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बागमती युथ क्लब सर्लाहिलाई १-० ले हराउदै आयोजक पाँचथर क्लब उपाधि नजिक पुगेको छ । पाँचथरको जितमा रोशन आङदेम्बेले गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा पाँचथरले साधुरो जित निकाल्दै फाइलन प्रबेश गरेको हो । फाइनल प्रबेश गरेको पाँचथरले बिहिबार झापा ११ र त्रिभुवन अर्मि बिचको बिजेता सँग शनिबार उपाधिमो लागी खेल्नेछ ।
पहिलो हाफको अतिरिक्त समयमा पाएको कर्नरलाई सदुपयोग गर्दै पाँचथरले गोल गरेको थियो । पाँचथरका बिकेक पैडेलको कर्नरमा रोशन आङदेम्बेले हेडर गोल गरेका थिए । आङदेम्बेले गरेको गोलनै खेलको निणर्यक गोल बन्यो । खेलमा दुबै टोलीले गोलको अबशर पटक पटक गुमाएका थिए । खेलको १३ औं मिनेटमा पाँचथरका प्रकाश धमलाको शक्तिशाली प्रहार बारमा लागेर फर्केको थियो ।
६४ औं मिनेटमा पाँचथरका आशिष चापागाईको प्रहार बारमा लागेर रिबाउन्ट भएको बललाइ शुक्रराजले गरेको प्रहार बार माथिबाट बाहिरिएको थियो । बागमतीले दोश्रो हाफमा गोल गर्ने अबशर पटक पटक गुमाउदा खेलमा पराजित बन्न पुग्यो । पाएका अबशर गुमाउदानै खेलमा पराजित बन्न परेको बागमतीका प्रशिक्षक सुजिल श्रेष्ठले बताए । खेलाडीहरुको खेल एकतालेजै खेलमा जित हासिल गरिएको पाँचथरका प्रशिक्षक मिलन जबेगुले बताए ।
पाँचथरका गोलरक्षक मिराक खजुम म्यान अफ दि म्याच बने र ५ हजार रुपैयाँ प्राप्त गरे । लाखे ग्रुप फिदिमको समुह फ्यान अफ दि म्याच भए र २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । नबिन तुम्रोक सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) बन्दै २ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।