पाँचथर । पाँचथरमा जारी चौथो पाँचथर गोल्डकप प्रतियोगिताको दोश्रोे सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी फुटबल क्लब र झापा ११ बिच प्रतिस्पर्धा हुँदै छ । फिदिम माबिको खेलमैदानमा हुने खेलमा दुबै टिम जितको लक्ष्य सहित मैदान प्रबेश गर्नेछन् । आजको खेल २ः३० बजे हुनेछ ।
आर्मीले पहिलो खेलमा पाहुना टोली हिल्स एकेडेमी भारतलाई हराउदै सेमिफाइन प्रबेश गरेको थियो । झापा ११ले इलामको रेडहर्स फुटबल क्लबलाई हराउदै आर्मी सँगको भेट पक्का गरेको थियो ।झापा पाँचथरमा सफल क्लब हो । यस अघि दुईवटा संस्करणको बिजेता पनि झापानै हो । यस अघि विर्तामोड युनाइटेड क्लब झापाको नाममा सहभागिता जनाए पनि यस पटक पुरानै क्लब झापा ११ को नाममा झापा पाँचथरमा उत्रदैछ । झापा ११ पाँचथरमा सर्वाधिक सफल क्लब हो ।
झापाले पाँचथरका दर्जनौ. प्रतियोगिताहरुको उपाधि जितेको छ । झापा पाँचथरको मैदानमा परिचित फुटबल क्लब हो । पाँचथरका फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता प्रतियोगिताको उपाधि जितिसकेको झापा फिदिममा हुने प्रतियोगिताको सदबहार उपाधिदाबेदार टिम हो । झापा उत्कृष्ट खेलाडीहरुको साथमा उपाधि जित्ने लक्ष्यका साथ पाँचथर आएको झापा ११ले बताएको छ ।
आर्मी पाँचथर गोल्डकपमा सहभागी मध्येको सबै भन्दा माथिल्लो क्लब हो । गत ए डिभिजन लिगमा ७ औं स्थानमा रहदै लिग सम्पन्न गरेको टिम हो ।
त्रिभुवन आर्मी फुटबल क्लब फिदिमको खेलमैदानको लागी नयाँ टिम होइन । फाल्गुनन्द गोल्डकपमा यो मैदानमा खेली सकेको क्लब हो । ए डिभिजनको क्लब आर्मि पछिल्लो समय घरेलु प्रतियोगिताहरुमा निकै लयमा रहेको टिम हो । गत महिनामा आहा रारा पोखरा गोल्ड कपको च्याम्पियन बनेको आर्मी दुई साता अघि छैटौं सहिद स्मृति स्थानिय तह मकवानपुर फुटबल प्रतियोगितामा धनकुटाको राजारानी क्लबसँग सडन डेथमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।