पाँचथर– बैशाख–२१ गते रिलिज हुने नेपाली कथानक चलचित्र मनसरा दक्षिण कोरीयामा सिरिजंगा लिपि युनिकोड निर्माण सहयोगार्थ देखाइने भएको छ ।
बैशाख २३ (मे ५)देखि कोरीयामा चार स्थानमा प्रर्दशन गर्न लागिएको हो ।
उपेन्द्र सुब्बाको सुपरहिट फिल्म “जारी“ पछिको दोस्रो चलचित्र मनसरा रिलिज भएको दुई दिनमै कोरीयामा नेपाली दर्शकहरुले हेर्न पाउने भएका हुन् ।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको केन्द्रिय कार्यसमिति र तिन वाटै क्षेत्रीय कार्यसमितिहरुको आयोजनामा सिरिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थको प्रदर्शन गर्न लागिएको हो ।
चुम्लुङ कोरीयाका उपाध्यक्ष अर्जुन तुम्बापोका अनुसार मे ५ मा कोरीयाका तीन स्थान र ११ मा अर्को एक ठाँउ प्रर्दशन गरिने छ ।
मे ५मा सौल, छल्लादोको जन्जु र किम्हे बुसानमा चलचित्र प्रदर्शन गर्न लागिएको हो भन्ने जेजुदोमा मे ११ तारिख प्रदर्शन गर्ने तयारी भएको छ । दक्षिण कोरियाको लागि प्रदर्शन अधिकार किरात याक्थुङ चुमलुङ दक्षिण कोरियाले सर्वाधिकार लिएको जानकारी दिइएको छ । उक्त चलचित्र दक्षिण कोरियाको बिभिन्न शहरहरुमा प्रदर्शनीको तयारीमा रहेको र कम्तीमा १४ स्थानमा प्रदर्शन हुने संस्थाका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले बताए ।
मनसरा कोरीयामा देखाईने
मनसरा कोरीयामा देखाईने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस