दिपक बोहोरा ।
अखिल नेपाल फुटबल संघ एन्फाको कार्यतालिका अनुसार अहिले जिल्ला फुटबल संघको आयोजनामा धमाधम जिल्ला ‘ए डिभिजन लिग’ आयोजना भइ रहेका छन् । हुने क्रममा रहेका छन् । पाँचथरमा पनि जिल्ला ‘ए डिभिजन लिग’ बैशाख २७ गतेबाट गर्ने तयारी जिल्ला फुटबल संघले गरेको छ ।
पाँचथरमा जिल्ला ‘ए डिभिजन लिग’ खेल्ने क्लबहरु ११ वटा रहेका छन् । जिल्ला लिगमा पाँचथर युनाइटेड क्लब (फिदिम १), सयपत्री युवा क्लब (यासोक),पाथिभरा स्र्पोटिङ क्लब (चोकमागु),टु स्टार क्लब इम्बुङ),राइजिङ स्टार क्लब (रबि),चोलुङ युवा क्लब (याङनाम), पल्लोटार युवा क्लब ( फिदिम २ पल्लोटार),सुम्हात्लुङ युवा क्लब (फिदिम ४ गडी),रानिटार युनाइटेड (रानिटार),तिजोक युवा क्लब (नवमीडाडा) ,फिदिम स्र्पोटिङ क्लब (फिदिम १)ले जिल्ला लिग खेल्ने गरेका छन् ।
जिल्लामा ११ वटा क्लबले जिल्ला ‘ए डिभिजन लिग’ खेले पनि सकृय क्लबहरु भने निकै कम छन् । ११ वटा क्लबहरु मध्ये जिल्लामा खेलकुद तथा सामाजिक काम गर्ने क्लबहरु कम छन् । २०७८ मा जिल्ला लिग भएबाट पाँचथरमा जिल्ला लिग हुुन सकेको थिएन् । जब जब जिल्ला लिग हुन्छ तव मात्र यि क्लबहरु सकृय हुने गरेका छन् । जिल्ला लिग खेल्ने क्लबहरु सँग न खेलाडीनै हुन्छन् न त नियमित श्रोत नै ।
जिल्ला लिग हुने भए पछि लिग खेल्ने क्लबहरुले जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्न सुरु गरेको जिल्ला फुटबल संघ पाँचथरका एक सदस्यले बताए । लिग खेल्नको लागी अनिर्वाय जिल्ला जिल्ला प्रशासन कार्यालयमा नविकरण भएको हुनु पर्ने भए पछि क्लबहरुले धमाधम नविकरण गर्ने गरेको ति सदस्यले भने ।
जिल्लामा फुटबल विकास गर्न र जिल्ला स्तरमा फुटबल गतिविधि सञ्चालन गर्न जिल्ला फुटबल संघ माताहतमा यि क्लबहरु छन् । तर, जिल्लामा भएका केहि क्लबहरु बाहेकका अन्य क्लबहरु दर्तामा सिमित भएको पाइन्छ । धेरै क्लबहरु त त नाममात्रका छन् । उनीहरूको आफ्नो कार्यालय छैन । धेरै खेल क्लबहरु त व्यक्ति विशेषको झोलामा मात्र छन् ।
११ क्लबहरु मध्ये फिदिम स्र्पोटिङ क्लब,तिजोक क्लब,पाथिभरा फुटबल क्लब,राइजिङ स्टार क्लब रबि र टु स्टार क्लब इम्बुङ र सुम्हात्लुङ युवा क्लब मात्र समयमा नविकरण भएको पाइएको छ । बाँकी क्लबहरु लिग सुरु हुने भए पछि मात्र नविकरण गर्ने तयारी सुरु गरेका छन् ।
२०७८ मा लिग सकिए पछि यि क्लबहरु निशकृय भएका थिए । ति मध्ये केहि क्लबहरुले फुटबल प्रतियोगिताहरु सञ्चालन गरेका थिए । क्लबहरुको आन्तरीक स्रोतहरु नहुँदा नियमित लेखा परिक्षण गराएर जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्न नसकिएको एक क्लबका पदाधिकारीले बताए । जिल्ला लिग हुने नहुने टुङगो नहुने र क्लबको आन्तिरक श्रोत नहुदा धेरै काम गर्न नसकिएको ति पदाधिकारीले बताए । लेखा परिक्षण गर्ने समेत स्रोत नहुँदा क्लब सञ्चालन गर्न गाह्रो हुने गरेको राइजिङ स्टार क्लब रबिका सचिब मदन राईले बताए । राइको कुरामा सदरमुकाम फिदिममा रहेको सुम्हात्लुङ युवा क्लबका अध्यक्ष दिपेन योकपादनेले पनि सहमती जनाउछन् । खेलाडी जुटाृननै गाह्रो छ, खेलाडी पाए पनि क्लबको स्रोत नहुँदा क्लबहरुलाई दिग खेल्न समेत गाह्रो भएको बताउछन् ।
संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएका यि क्लबहरुले लोकतान्त्रीक पद्धति अनसुार क्लबका पदामधकारी तथा सदस्य निर्वाचित हुने र प्रत्येक वर्ष संघको आयव्ययको प्रचलित कानून बमोजिम लेखापरीक्षण , सधारण सभा, संस्था नबिकरण गर्नु पर्ने हुन्छ । तर पाँचथर जिल्ला लिग खेल्ने क्लबहरु लिग खेल्ने बेला मात्र कागजी रुपमा यि प्रकृया पुरा गर्ने गरेका छन् ।
संस्था दर्ता ऐन र एन्फाको लिग निर्देशिका अनुसार योग्य क्लबहरु लिग खेल्न योग्य हुने अखिल फुटल संघ एन्फाका प्रबक्ता सुरेश शाहाले जानकारी दिए । क्लब आर्थिकरुप सबल हुन बिभन्न स्रोत खोज्ने र क्लबलाई सक्षम बनाउने काम क्लबकै रहेको शाहाको तर्क छ । नबिकरण र साघरण सभा लगायतका कुराहरु क्लबले बेलामै गर्न पर्छ उने भने ।