पाँचथर ।पालिकाहरुमा गत आर्थिक वर्षमा बेरुजु भएको प्रतिवेदन सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन अनुसार पाँचथरका याङवरक गाउँपालिका बाहेक सबै पालिकामा बेरुजु पाइएको हो ।
पाँचथरका पालिकाहरुमध्ये सबैभन्दा बढी बेरुजु मिक्लाजुङमा भएको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार मिक्लाजुङ गाउँपालिकामा रु १२ करोड ६६ लाख १० हजार बेरुजु पाइएको छ । यो ८.०७ प्रतिशत बेरुजु हो । पाँचथरमा दोश्रो कम बेरुजु फालेलुङ गाउँपालिकाको रहेको छ । फालेलुङमा १९ लाख ५२ हजार रुर्पौया बेजुरु रहेको छ । जुन ०.१६ प्रतिशत मात्र रहेको छ ।
फिदिम नगरपलिकाको ४ करोड ५८ लाख १९ हजार बेरुजु हुँदा फाल्गुनन्द गाउँपालिकाको ३ करोड ६० लाख ७६ हजार बेरुजु देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयका अनुसार हिलिहाङ गाउँपालिकामा २ करोड १८ लाख ६४ हजार, कुम्मायक गाउँपालिकको १ करोड १८ लाख ९१ हजार र तुम्मेवा गाउँपालिकको १ करोड १८ लाख ८५ हजार रुर्पौया बेरुजु पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले ७५३ मध्ये ७४८ पालिकाको प्रतिवेदन सार्वजनिक गरेको छ ।