तेह्रथुम । तेह्रथुमको म्याङलुङमा सोमबारबाट सुरु भएको कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा पाँचथरले विजयी शुरुवात गरेका छन् ।
सोमबार भएको खेलमा पाँचथरले भोजपुरलाई पराजित गरेको छ। निर्धारित समयमा दुवै टिमबाट एक-एक गोलको बराबरी भएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । जसमा ५-४ को गोल अन्तरले पाँचथर विजयी भएको हो। उक्त खेलको म्यान अफ द म्याच पाँचथरका निर्देश राई भए ।
कोशी प्रदेश खेलकुद विकाश बोर्डको आयोजना, म्याङलुङ नगरपालिकाको सहआयोजना तथा खेलकुद विकाश समिति तेह्रथुमको संयोजनमा म्याङलुङ रंगशालामा शुरु भएको प्रतियोगिताको उदघाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकणर् राईले गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ। फाइनल खेल यही असार ८ गतेका दिन हुनेछ ।