तेह्रथुम । तेह्रथुमको म्याङलुङमा जारीे कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा पाँचथर सेमिफाइनल प्रबेश गरेको छ ।
मंगलबार भएको क्वाटरफाइनल खेलमा पाँचथरले उदयपुरलाई ३-० गोल अन्तरले पराजित गरेको छ । पाँचथरको जितमा मनिश क्षेत्री,नवराज गुरुङ र अनुकेश शेर्माले गोल गरे । उक्त खेलको म्यान अफ द म्याच पाँचथरका अनुकेश शेर्मा भए ।
म्याङलुङ रंगशालामा भएको एकतर्फि खेलमा पाँचथरले सुरुबाटनै उदयपुरलाई दबाबमा राखेको थियो । खेलको ११ मिनेटमा पाँचथरमा मनिश क्षेत्रीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । गोल गरेको २ मिनेट पछिनै पाँचथरका नवराज गुरुङले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । ६१ औं मिनेटमा पाँचथरका अनुकेश शेर्मा गोल गर्दै पाँचथरलाई सेमिफाइनल प्रबेश गराएका थिए । खेलमा उदयपुरले गोलका केहि अवशर पाए पनि सदुपयो गर्न सकेन ।
पाँचथरले भोली हुने मोरङ र सङखुवा सभा बिचको बिजेता सँग सेमिफाइनमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिती पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ । फाइनल खेल असार ८ गतेका दिन हुनेछ ।