पाँचथर । पाँचथरको फुटबल टिम तेह्रथुमको म्याङलुङ रंगशालामा जारी कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । बिहिबार भएको अन्तिम सेमिफाइनल खेलमा मोरङसँग २-०ले पराजित भएसँगै पाँचथरको यात्रा समाप्त भएको हो ।
बिहीबार सम्पन्न सेमीफाइनलमा मोरङले पॉचथरलाई २-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । मोरङका लागि दुबै गोल अनिष पुलामी मगरले गरे । उनै मगर उक्त खेलको म्यान अफ द म्याच बने ।
असार ३ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल ८ गते हुनेछ । प्रदेशका १४ टीम सहभागी प्रतियोगिताको विजेताले ३ लाख ३३ हजार ३३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २२२ रुपैया प्राप्त गर्नेछ।